जुवातास खेलिरहेका ३१ जना पक्राउ
देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेका ३१ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ कुवाटोलस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख १ हजार ९ सय रुपैयाँ र १६ थान कौडासहित फेला पारी पक्राउ गरेको हो । चितवनको भरतपुर महानगरपालिका–१६ सानोगढीस्थित मीत बा खाजा घर एण्ड कटेजमा जुवातास खेलिरहेको अवस्थामा १० जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले नगद १ लाख ३९ हजार ९ सय ९० रुपैयाँ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । कैलालीको टिकापुर नगरपालिका–८ बनगाउँस्थित जितु कटेजमा जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख २९ हजार ४ सय रुपैयाँ र २ गड्डी ताससहित फेला पारी पक्राउ गरेको हो ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण