सातामा प्रतितोला १ सय रुपैयाँले घट्यो सुनको मूल्य
एक साताको अवधिमा सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म उक्त मूल्य घटेको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार १०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ६०० रुपैयाँ थियो । जुन, यो साताको शनिबारसम्म आइपुग्दा छापावाल सुनको मूल्य ९४ हजार रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ कायम छ ।
यो साताको आइतबार सुनको मूल्य एकैदिन तोलामा १००० रुपैयाँले घटेको थियो । यस्तै, सोमबार २०० रुपैयाँले बढेको थियो भने मंगलबार १०० रुपैयाँले बढेको थियो । यस्तै, बुधबार तोलामा २०० रुपैयाँले घटेको सुनको भाउ विहीबार फेरि १०० ले घटेको थियो । यस्तै, शुक्रबार तोलामा ६०० रुपैयाँले घटे पनि आज शनिबार पुन १५ सय रुपैयाँले बढेको महासंघले जनाएको छ ।
यस्तै, यो साता चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेको छ । महासंघले गत साताको शुक्रबारको तुलनामा यो शनिबारसम्म उक्त मूल्यले चाँदीको भाउ बढेको जनाएको हो । गत साताको शुक्रबार ११ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी हाल १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेका चार मन्त्री बर्खास्त भएसँगै नयाँ गठबन्धनका लागि नेकपाले राख्यो सर्त
-
जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पक्राउ
-
संसद्को गरिमा बढ्यो कि घट्यो समीक्षा गरौँ : विपिन आचार्य
-
मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सुरक्षा चुनौतीबारे संसद्मा सरकारको ध्यानाकर्षण
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण