शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शेरधनले जनतासँग माफी माग्नुपर्छ : सुदन किराती

आइतबार, ०६ कात्तिक २०७९, १४ : १५
आइतबार, ०६ कात्तिक २०७९

नेकपा माओवादी केन्द्रका नेता एवम् गठबन्धनका भोजपुरका साझा उम्मेदवार सुदन किरातीले पूर्व मुख्यमन्त्री शेरधन राईले जनतासँग माफी माग्नुपर्ने बताएका छन् । चुनावी अभियानका क्रममा किरातीले आफ्नो प्रतिस्पर्धी राईलाई जनतासँग माफी माग्न र झुठा प्रचार गरेर जनताको भोट लिने कुचेष्टा नगर्न चेतावनी समेत दिएका छन् । 

किरातीले भोजपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै शेरधन राईले निरन्तरताको सानोतिनो काम मात्रै गरेको र त्यही काम देखाएर जनतालाई ढाँटिरहेको बताए । कुनै सन्तानलाई जन्म दिइसकेपछि त्यसको स्याहारसुरार बुवाआमाको कर्तव्य भएजस्तै मूख्यमन्त्री भएर उनले गरेको काम त्यही कर्तव्यभित्र पर्ने पनि किरातीले बताए ।

‘३ वर्षसम्म मुख्यमन्त्री भएर प्रदेशलाई बेनामे नै राख्ने अनि साना कामहरूलाई देखाएर पाँच अर्ब बजेट ल्याएको भ्रम छर्न मिल्छ ?’ किरातीले भने, ‘उनले प्रदेश राजधानीलाई इटहरी ल्याउने पहल गर्नुको साटो उल्टै सौदाबाजी गरेर बसे ।’ 

मुख्यमन्त्रीका रुपमा शेरधन राईले भोजपुर वा प्रदेशमा कुनै पनि दीर्घकालीन प्रभाव पर्ने योजना अघि नसारेको समेत किरातीले बताए । ‘भोजपुर वा प्रदेशभरिमा कुन चाहिँ योजना दीर्घकालीन प्रभाव पार्ने खालका छन् ?’ किरातीले भने, ‘मुख्यमन्त्री जस्तो पदमा पुगेको व्यक्तिले यस्तो खुद्रे कुरा गर्दै हिँड्न सुहाउँदैन । जनतालाई यसरी ढाँट्न पाइँदैन । जनतासँग शेरधनले माफी माग्नुपर्छ ।’ 

‘आफ्नो प्रदेशको स्थिति र वर्गीय धरातललाई बिर्सेर विलासी जीवन बिताउने शेरधन राईले प्रदेश र भोजपुरवासीको उत्थान गर्छ भन्नेमा कसरी विश्वास गर्नु ?’ किरातीले प्रश्न गर्दै भने, ‘विलासीका महंगा गाडीमा हिँड्ने अनि बाटोमा दुर्घटना भएको देखेर पनि नदेखेझैं गरेर साइरन बजाउँदै सवारीको रवाफ देखाउने मुख्यमन्त्री हामीले खोजेको होइन ।’

को भन्दै किरातीले महंगा गाडी र बिलासी जीवन बिताउने  भोजपुर जिल्लामा राई र किरातीको तेस्रो चुनावी प्रतिस्पर्धा हो । ०६४ मा शेरधनलाई पछि पार्दै सुदनले जित निकालेका थिए भने ०७० मा शेरधनले जित हासिल गरेका थिए । ०७४ मा भने वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा सुदनले बाजी मारेका थिए भने प्रदेशसभामा राईले जित निकालेका थिए । उनीहरुबीच ०६४ बाट सुरु भएको प्रतिस्पर्धा तेस्रो पटक आइपुग्दा देशकै ध्यान खिचिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप