नेपाल फिल्म सोसाइटी युकेको महासचिवमा हिराकाजी
गीतकार तथा निर्देशक हिराकाजी थापा नेपाल फिल्म सोसाइटी युकेको महासचिव चयन भएका छन् । नेपाल फिल्म सोसाइटी युकेले सर्वसम्मत रुपमा उनलाई महासचिव चयन गरेको हो ।
सोसाइटीले एक विज्ञप्ति जारी गर्दै महासचिव मनसुधन थापामगर आफ्नो व्यवसाय कार्यभार व्यस्तताको कारण शनिबारबाट अवकाश लिएकाले उक्त रिक्त पदमा थापालाई चयन गरिएको जनाएको छ । मनसुधन सह–सचिव पदमा भने रहनेछन् ।
थापा लामो समयदेखि बेलायतमा रहेर नेपाली गीतसंगीत र कला क्षेत्रमा सक्रिय छन् । गीतकार तथा निर्देशक थापाका शब्दमा चर्चित गायिका अञ्जु पन्तको स्वरमा मैले रुँदा आँशु पुछ्थ्यौ, हाँस्दा सँगै हाँस्थ्यौँ, नबिन के भट्टराईको स्वरमा ‘सायद तिमी नै हौ मेरो दिलको धड्कन’, नेपाल आइडल विजेता गायक बुद्ध लामाको स्वरमा ‘के छ खबर’ लगायत सयौँ गीत सार्वजनिक छन् ।
थापा अहिले एक चलचित्र निर्माण गर्ने तरखरमा छन् । जसको छायांकन माघ अन्तिम साताबाट हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण