निर्वाचनअघि प्रहरीमा ४ एआईजीको दरबन्दी रिक्त हुँदै
प्रहरीमा हाल दुईजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी रिक्त छ । ०७९ साउन २० मा विश्वराज पोखरेल र भदौ २३ मा मुकुन्दराज आचार्यले अवकाश पाएका थिए । अहिलेका आईजीपी धीरजप्रताप सिंहसँगै २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका पोखरेल र आचार्यले उमेर हदका कारण अवकाश पाएका हुन् । प्रहरी अतिरिक्त महानिरीक्षकको उमेर हद ५६ वर्ष छ ।
मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघि थप दुईजना एआईजीले अवकाश पाउँदै छन् । उपत्यका प्रहरी कार्यालयका एआईजी रवीन्द्रबहादुर धानुकले कात्तिक २४ बाट अवकाश पाउँदै छन् । प्रशासन विभाग प्रमुख एआईजी अरुणकुमार बिसी कात्तिक १४ बाट अवकाशमा जाँदै छन् ।
प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतका अनुसार अवकाश हुने समय निकट भएकाले उनले बिदा लिएका छन् । ‘एआईजी अरुण बिसी बिदामा बस्नुभएको छ’ प्रहरी प्रधान कार्यालयका ती अधिकृतले भने, ‘तिहार पछिसम्म उहाँ बिदामा बस्नुभएको छ ।’
उपत्यका प्रहरी कार्यालयका एआईजी रवीन्द्रबहादुर धानुक एआईजीको उमेर हद बढाउने कसरमा लागेका छन् । प्रहरी नियमावली संशोधन गरेर एआईजीको उमेर हद ५८ वर्ष बनाउन कात्तिक ३ मा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव लगिएको थियो । तर, सो प्रस्ताव उपर कुनै निर्णय नभएको एकजना मन्त्रीले रातोपाटीलाई जानकारी दिए ।
२०७८ चैत १७ मा धीरजप्रताप सिंहसँगै रवीन्द्रबहादुर धानुकलाई वर्तमान मन्त्रिपरिषद्ले एआईजीको दरबन्दी थपेर बढुवा गरेको थियो । विश्वराज पोखरेलसहित ४ प्रतिस्पर्धीलाई पछि पार्दै एआईजी भएको एक महिनामा सिंह आईजीपी भएका थिए ।
पोखरेल र आचार्यको अवकाशसँगै प्रहरीको कार्य विभाग र प्रदेश समन्वय विभागमा एआईजीको दरबन्दी रिक्त छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघि उपत्यका प्रहरी कार्यालय र प्रशासन विभागको दरबन्दी रिक्त हुँदैछ ।
एक दर्जन प्रतिस्पर्धी
चुनावअघि रिक्त हुने ४ वटा एआईजी पदमा बढुवा हुन करिब एक दर्जन डीआईजी प्रतिस्पर्धामा छन् । मधेश प्रदेशका डिआइजी मसाउद अलम खाँ, लुम्बिनी प्रदेशका नल प्रसाद उपाध्याय र सुदुरपश्चिम प्रदेशका मोहन कुमार आचार्य मेरिट लिस्टमा अगाडि छन् ।
२०७९ असारमा प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा भएका वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह र दिपक थापा प्रतिस्पर्धामा अगाडि छन् । बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत डीआईजी किरण बज्राचार्य, उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत मीरा चौधरीसहित सन्दिप भण्डारी, दुर्गा सिंह र किरण राणा एआईजीका प्रतिस्पर्धी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
