बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मदिराले हुने हिंसा रोक्न सक्रियता आवश्यक

सोमबार, १० पुस २०७४, १० : ५२
सोमबार, १० पुस २०७४

कपिलवस्तु–यहाँका सरोकारवालाले मदिराका कारण हुने लैगिंक हिंसा न्यूनिकरण तथा मदिरा विक्रि बितरणको कार्य नियन्त्रण गर्न सबैको पहल आवश्यक रहेको बताएका छन् । 
साथी कपिलवस्तु आस्था परियोजनाले आइतबार तौलिहवामा आयोजना गरेको मदिराले हुने लैगिंक हिंसा न्यूनिकरणका लागि सरोकारवाला अन्तरक्रियाका सहभागीले सो विचार व्यक्त गरेका हुन् ।
सो अवसरमा परियोजनाका जिल्ला संयोजक खग प्रसाद चापागाईले परियोजना क्षेत्रमा गरिएको सर्बेक्षणले ४७ दशमलब ६५ प्रतिशतले मदिरा सेवन गर्ने गरेको, २७ दशमलब ३४ प्रतिशत परिवारमा मदिरा सेवनले झैझगडा हुने गरेको, मध्यपानले १० दशमलब ९३ प्रतिशत परिवारमा दुर्घटना भएको, १० दशमलब १५ प्रतिशत माथी करटपिट र अंगभंग पारिएको, २८ दशमलब १२ प्रतिशत बालबालिकाको शिक्षा प्रभावित भएको भए पनि ० दशमलब ७८ प्रतिशतले मात्र दुर्घटनाको उजुरी प्रहरीमा गरेको तथ्याङ्क प्रस्तुत गरेका थिए ।
त्यसै गरि वडा र जिल्लास्तरमा गरिएको अन्तरक्रियामा मदिरा व्यवसायीलाई करको दायरामा ल्याउन दर्ता कार्यमा कडाई गर्नु पर्ने, दर्तामा नभएका व्यवसायीलाई मदिरा बिक्री बितरण रोक्नु पर्ने, हिंसा गर्ने र दुर्घटना गराउन सक्नेलाई मदिरा बिक्री बितरण गर्न नहुने, घरेलु मदिरा उत्पादन र बिक्री बितरणलाई नियन्त्रणको लागी पहल गर्नु पर्ने, अनियन्त्रित मदिरा बिक्री बितरण कार्यको अनुगमन र कारवाही गर्नु पर्ने  र मदिरा बिक्री बितरणको कार्यका लागी तोकिएको समय सिमामा कडाई गर्नु पर्ने सुझाव आएको जानकारी दिए ।
सो अवसरमा बोल्ने अधिकांस बक्ताले मदिरा ऐन कार्यान्वयनमा कडाई, सचेतना अभियान, स्थानियतहबाट नयाँ निती तर्जुमा गरि मदिरा बिक्री बितरण व्यवस्थित बनाउनु पर्ने, वडाका निश्चित स्थानमा मात्र मदिरा बिक्री बितरणको स्विकृती दिनु पर्ने, अनियन्त्रित बिक्री बितरण र सेवन रोक्न अनुगमनमा तिब्रता दिनु पर्ने, बिक्रेतालाई सचेतना दिनु पर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा बोल्दै प्रजिअ मदन भुजेलले मदिराले हुने हिंसाका घटनाले शान्ति सुरक्षाको कार्यलाई समेत प्रभावित पार्ने भएकाले नियन्त्रणका लागी सबैको पहल आवश्यक रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चुरामणि अर्याल
चुरामणि अर्याल
लेखकबाट थप