मिटरब्याजीले भ्रष्टाचार गर्दिन भन्दै भोट माग्दैछन् : डिना
नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले मिटर ब्याजमा पैसा लगाउने केही उम्मेदवार भ्रष्टाचार गर्दिन भन्दै मत मागिरहेको आरोप लगाएकी छन् । आइतबार हेटौंडा–८ मा भएको चुनाव प्रचारप्रसार कार्यालयको उद्घाटन गर्दै उनले सो आरोप लगाएकी हुन् ।
लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर–१ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेकी डिनाले मिटर ब्याजमा पैसा लगानी गरेर सर्वसाधारणलाई रुवाउनेहरूले भ्रष्टाचार गर्दिन भन्नु हास्यास्पद भएको बताइन् ।
‘हामी घरघरमा शिक्षा र सहकारीको अभियान लिएर सर्वसाधारणको आर्थिक अवस्था उकास्न लागिरहँदा यहाँ मिटर ब्याजमा पैसा लगाउनेहरू भ्रष्टाचार गर्दिन भन्दै जनताको पुगिरहेका छन्’, उनले भनिन्, ‘नेपालको परिवर्तन एवम् लोकतन्त्र र गणतन्त्रका लागि लड्दै गर्दा बारुद बर्साउनेहरू पनि अहिले हामीसँगै चुनाव लड्न आइरहेका छन् । नेपाली जनताले अब सही र गलत छुट्याउने समय आएको छ ।’
उनले राप्रपा अध्यक्ष कमल थापालाई अंकित गर्दै आफ्नो पार्टीको चुनाव चिन्हमा चुनाव लड्न नसकेर अर्काको पार्टीको चिन्ह लिएर केही उम्मेदवार अन्तिम पटक जिताइदिनुस् भन्दै जनताको घरआगनमा आएको भन्दै कटाक्ष गरिन् ।
लोकतान्त्रिक–वाम गठबन्धनले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै नेपाली जनताको अवस्था परिवर्तनसँगै आर्थिक उन्नतिको बाटोमा लैजाने लक्ष्य लिएको उनले बताइन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीकै कारण आज मुलुक जोगाउन गठबन्धन बनेको उल्लेख गर्दै उनले फेरि पनि एमालेले जिते मुलुकको विकास सम्भव नभएको उनको भनाई छ । त्यस्तै कार्यक्रममा प्रदेशसभा तर्फको गठबन्धन तर्फबाट मकवानपुरको क्षेत्र नम्बर १ –ख) का उम्मेदवार नेपाली कांग्रेसका नेता आनन्दराम पराजुलीले गठबन्धनको बिषयमा विरोधीहरुले गलत हल्ला फैलाउँदै भ्रम सृजना गरिरहेकोले त्यसको पछि नलाग्न अनुरोध गरेका छन् ।
उनले भने, ‘गठबन्धन दलको बीचमा राम्रो छैन, एकले अर्कालाई भोट हाल्दैन, कांग्रेसले कांग्रेसकै उम्मेदवारलाई भोट दिँदैन भनेर चोक चौतारामा गलत हल्ला फैलाइएको पाएका छौं । यस्ता कुरामा कुनै तुक छैन । गठबन्धनबाट मकवानपुरका ६ जनै उम्मेदवार विजयी हुनेछौं ।’
मकवानपुरमा पटक पटक एमालेलाई जिताए पनि देखिने काम केही नभएको उल्लेख गर्दैै उनले एकपटक लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवारलाई जिताउन अनुरोध गरे ।
‘हामीले एमालेलाई हराउन गठबन्धन गरेका होइनौं । हाम्रो अधिकार एवम् प्राप्त उपलब्धीहरुको रक्षा, संविधान र मुलुकलाई जोगाउनका लागि गठबन्धन गरेका हौं’, पराजुलीले भने, ‘म सहित गठबन्धनका उम्मेदवार महालक्ष्मी उपाध्यायलाई समेत मतदान गरी विजयी गराइदिनुहुन अनुरोध गर्दछु ।’ संविधान लेखनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको महिला नेतृ उम्मेदवारको रुपमा पाएको उल्लेख गर्दै उनले डिना उपाध्यायले जितेमा मकवानपुरले मन्त्री पाउने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण