श्रीमती घमण्डी नहोस् भन्दै चिट्ठामा जितेको ४ अर्ब रुपैयाँ गोप्य राखेपछि...
दक्षिण चीनका एक व्यक्तिले चिट्ठामा २२० मिलियन युआन (३०.६ मिलियन अमेरिकी डलर) जितेका छन् तर उनले यो कुरा सबैबाट गोप्य राखेका छन् । चिट्ठामा जितेको रकमले श्रीमती र आफ्ना बालबच्चालाई अहंकारी र अल्छी बनाउने हो कि भन्ने चिन्ताले आफूले सो कुरा लुकाएको उनले बताए ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार लि नाम दिइएका यी व्यक्तिले गुआङ्क्षी जुआङ प्रान्तमा ८० युआनमा ४० वटा लट्री टिकट किनेका थिए । प्रत्येक टिकटमा त्यहि सातवटा नम्बर थिए । नानिङ इभनिङ न्युजको रिपोर्ट अनुसार सबै सातवटा नम्बर उनका लागि भाग्यशाली साबित भए । प्रत्येक चिट्ठामा ५.४८ मिलियन युआन पर्यो । यसको अर्थ उनलाई जम्माजम्मी २२० मिलियन युआन पर्यो ।
अक्टोबर २४ तारिखमा ती व्यक्ति गुआङ्क्षी वेलफेयर लट्री डिस्ट्रिब्युसन सेन्टरमा चिट्ठामा परेको पैसा लिन गए । लीले ५ मिलियन युआन च्यारिटीलाई दान पनि दिए । चेक हस्तान्तरण कार्यक्रममा लीले कार्टुन कस्टम लगाएका थिए । जित्ने व्यक्तिको पहिचान लुकाउने यो निकै उत्कृष्ट काइदा थियो ।
पैसा जितेपछि आफू निकै उत्साहित भएपनि आफ्नो उत्साह लुकाउन खोजेको र यसबारे आफ्नो परिवारसहित कसैलाई पनि नभनेको उनले बताए ।
‘मैले यसबारे मेरी श्रीमती र बच्चाबच्चीलाई भनेको छैन । उनीहरुले आफूलाई अन्य व्यक्तिभन्दा ठूलो ठान्ने हो कि, भविष्यमा राम्रोसँग नपढ्ने हो कि भन्ने पिर लाग्छ,’ उनले भने ।
लिले ५ मिलियन युआन च्यारिटीलाई दान दिएपनि ४३ मिलियन युआन करमा कटाएपछि १२१ मिलियन युआन (२४ मिलियन अमेरिकी डलर) अर्थात् ३ अर्ब बढी घर लिएर जानेछन् ।
उनले अक्टोबर २१ तारिख, शुक्रबारका दिन चिट्ठा परेको थाहा पाएका थिए ।
चिट्ठामा जितेको पैसा कसरी खर्च गर्ने भनेर सोधिएको प्रश्नमा उनले भने, ‘मैले यसबारे निर्णय गरिसकेको छैन । पैसा कसरी प्रयोग गर्ने भनेर योजना बनाउनेछु, यसका लागि केही समय लाग्नेछ ।’
चिट्ठाको रकमबारे श्रीमतीलाई केही जानकारी नदिएपनि उक्त रकममा श्रीमतीको पनि आधा हक लाग्ने उनले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीको बजेट सोमबार आउने
-
बागमतीको अर्थतन्त्र २४ खर्ब भन्दा बढी, राष्ट्रिय अर्थतन्त्रमा ३६.७ प्रतिशत हिस्सा
-
बर्दियाको नवदुर्गा सामुदायिक वनमा ५०० बाँसका बिरुवा रोपिए
-
रोमानियामा एड्रियन भेस्टिया नयाँ प्रधानमन्त्रीमा मनाेनीत
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
-
रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण