एकीकृत समाजवादीको संकल्प : भ्रष्टाचारमुक्त सरकार, आर्थिक सम्पन्नताको आधार
नेकपा एकीकृत समाजवादीले मुलुकमा मौलाएको भ्रष्टाचार समग्र अर्थतन्त्रको गम्भीर रोग बनेको निष्कर्ष निकालेको छ । आसन्न मंसिरमा हुने निर्वाचनका लागि सोमबार सार्वजनिक गरेको चुनावी घोषणापत्रमा सो पार्टीले आर्थिक क्षेत्रमा उल्लेख्य प्रगति गर्न नसक्नुको एउटा प्रमुख कारण भ्रष्टाचार भएको ठहर गरेको छ ।
‘भ्रष्टाचारका कारण लक्षित वर्ग, समुदायसम्म विनियोजित रकम नपुग्ने, विकास निर्माणका काम गुणस्तरहीन हुने वा अनावश्यक लागत बढाउनेजस्ता समस्याहरूले जरो गाडेका छन्’, नेकपा एकीकृत समाजवादीले भनेको छ– ‘हाम्रो पार्टी समग्र नेपाली समाजबाट भ्रष्टाचारलाई निर्मूल गर्ने अभियान सञ्चालन गर्नका लागि दृढ सङ्कल्पित छ ।’
साथै यसको सुरुवात सबै क्षेत्रबाट गरिनुपर्ने समाजवादीले जनाएको छ । ‘भड्किलो जीवनशैली भ्रष्टाचारको एक प्रमुख कारक रहेको कुरालाई मनन गर्दै हाम्रा जनप्रतिनिधिले उदाहरणयोग्य सादा जीवन बिताउने कुरामा विशेष ध्यान दिने छन् । हाम्रा जनप्रतिनिधिले आफ्नो घरमा हुने विभिन्न पारिवारिक वा सांस्कृतिक कार्यक्रमको आयोजना गर्दा वा चाडपर्वहरू मनाउँदा सकेसम्म कम खर्चमा सादा ढङ्गले सम्पन्न गर्ने कुरामा विशेष ध्यान दिने छन्’, नेकपा समाजवादीले घोषणापत्रमा भनेको छ ।
‘भ्रष्टाचारमुक्त सरकार : भ्रष्टाचाररहित समाज’ को नारासहित भ्रष्टाचार, घुसखोरी, कमिसनखोरी, अनियमितता, सरकारी काममा ढिलासुस्ती आदिमा कडा निगरानी राख्ने प्रतिवद्धता जनाएको नेकपा एसले आफ्ना जनप्रतिनिधिहरूको आर्थिक आचरण शुद्ध हुने दावी गरेको छ ।
‘कुनै पनि खाले भ्रष्टाचारीलाई कडा कार्वाही गरिनेछ । यसअघि केन्द्रदेखि स्थानीय तहसम्म भएका भ्रष्टाचारका घटनाहरू, विभिन्न घोटाला काण्डहरूको तत्काल छानविन गरी दोषीहरूलाई कडाभन्दा कडा कार्बाही गर्न/गराउन पहल गरिनेछ । भ्रष्टाचारीलाई उन्मुक्ति हुने अवस्थाको अन्त गरी राज्यका कानुन र संयन्त्रहरूलाई सुदृढ र व्यवस्थित गरिने छ’, सो पार्टीले भनेको छ ।
उसले भ्रष्टाचार र अनियमित कार्यलाई कडाइका साथ नियन्त्रण गर्नुका साथै भ्रष्टाचारविरुद्ध जनचेतना अभियान सञ्चालन गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण