तीन महिनामा पौने चार अर्बको फलफूल नेपाल भित्रियो
चालू आर्थिक वर्ष २०७९-८० को पहिलो तीन महिनामा विभिन्न देशबाट नेपालमा पौने चार अर्ब रूपैयाँको फलफूल भित्रिएको पाइएको छ । २०७९ सालको साउन, भदौ र असोज महिनामा उक्त मूल्य बराबरको फलफूल नेपालमा भित्रिएको हो ।
भन्सार विभागका अनुसार बितेको तीन महिनामा कुल ३ अर्ब ७९ करोड ८६ लाख ५३ हजार रूपैयाँको फलफूल नेपालले आयात गरेको छ । उक्त समयमा नेपालले १६ करोड २३ लाख ५९ हजार रूपैयाँको १ करोड १३ लाख ७ हजार ४४६ केजी केरा आयात गरेको छ । सोही समयमा ७ करोड ९३ लाख ३ हजार रूपैयाँको भुइँकटहर नेपाल भित्रिएको छ ।
विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा १ करोड ४९ लाख ८ हजार रूपैयाँको ५१ हजार १९० केजी एभोकार्डो, १८ करोड ७४ लाख रूपैयाँको ३७ लाख केजीभन्दा बढी आँप र अम्बा, १७ करोड ४ हजार रूपैयाँको २३ लाख २४ हजार २८३ केजी कागती र ११ करोड ८ लाख १४ हजार रूपैयाँको खरबुजा नेपाल भित्रिएको छ ।
यस्तै १० करोड ८० लाख १५ हजार रूपैयाँको ३० लाख ५३ हजार ४७४ केजी मेवा, २ अर्ब २४ करोड ९६ लाख ३९ हजार रूपैयाँको स्याउ र २९ करोड ७६ लाख ५६ हजार रूपैयाँको २८ लाख ७१ हजार १७६ केजी अनार पछिल्लो तीन महिनामा नेपालले आयात गरेको विभागले जनाएको छ ।
विभागका अनुसार अघिल्लो आर्थिक वर्ष २०७८-७९ को पहिलो तीन महिनामा नेपालले विभिन्न देशबाट ४ खर्ब ५६ करोड ९४ लाख ४४ हजार रूपैयाँको फलफूल आयात गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण