विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला
देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् । पाँचथरको फिदिम नगरपालिका–६ सिवा घर भई हाल हिलिहाङ गाउँपालिका–६ गुरासे नागि डेरा गरी बस्ने ४५ वर्षीय टिका राई आफ्नै डेराको भान्सा कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी पाँचथरको याङवरक गाउँपालिका–३ ओयम बस्ने २८ वर्षीय सन्तोष राई सोही ठाउँस्थित खानक्लेटार जंगलमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । गत आइतबार घरबाट हिँडेका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त जंगलमा शव फेला परेको हो । घटनास्थलबाट प्रहरीले १ थान भरुवा बन्दुक समेत बरामद गरेको छ ।
खोटाङको केपिलासगढी गाउँपालिका–३ बाँसपानी बस्ने ८५ वर्षीया फुलसरी राई आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका–२ कुमलगडीस्थित बाटोको छेउमा सोही उपमहानगरपालिका–१ भम्के बस्ने ७० वर्षीय तुल्सीराम भण्डारी मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण