जसपाका उम्मेदवार श्याम सिनालद्वारा देउवालाई समर्थन
डडेलधुरामा जनता समाजवादी पार्टी (जसपा)बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका श्याम सिनालले उम्मेदवारी निष्क्रिय बनाउने भएका छन् । आज एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएर वाम लोकतान्त्रिक गठबन्धनलाई समर्थन गर्ने जनाएका हुन् ।
सिनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ -'आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा जसपा डडेल्धुराबाट प्रतिनिधि सभा प्रत्यक्ष तर्फको आफ्नो उम्मेदवारीलाई पूर्ण रुपमा निष्क्रिय गर्दै वाम लोकतान्त्रिक गठबन्धनका प्रतिनिधि सभा उम्मेदवार शेरबहादुर देउवा र प्रदेश सभा (क) प्रत्यक्ष तर्फ उम्मेदवार खगराज भट्ट तथा प्रदेश सभा (ख) का उम्मेदवार गोविन्दराज बोहरालाई पूर्ण रुपमा समर्थन गरि सहयोग गर्दछु । '
पछिल्लो समय प्रधानमन्त्री देउवा गृह जिल्लामा आयोजित विभिन्न चुनावी सभाहरुमा व्यस्त छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण