सातामा प्रतितोला ९०० ले घट्यो सुनको मूल्य, चाँदीको बढ्यो
यो साता सुनको मूल्य प्रति तोला ९०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले तिहारअघि कायम रहेको मूल्यको तुलनामा यो शुक्रबारसम्म तोलामा ९०० ले सुनको मूल्य घटेको जानकारी दिएको हो ।
तिहारअघिको अन्तिम कारोबार दिन छापावाल सुनको मूल्य तोलामा ९४ हजार रूपैयाँ थियो । यस्तै, उक्त मितिमा तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ५०० रुपैयाँ थियो । जुन, ९०० रुपैयाँले घट्दै यो साताको शुक्रबारसम्ममा ९३ हजार १०० रूपैयाँ कायम भएको हो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ६०० रूपैयाँ कायम छ ।
तिहारअघि सोमबारसम्म किनबेच भएको सुनको कारोबार आइतबार खुल्दा तोलामा १ हजार रूपैयाँले घटेको थियो । यस्तै, सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार र बुधबार बढेको थियो । जुन, बिहीबार र शुक्रबार घट्दै तोलामा ९३ हजार १०० रुपैयाँ कायम भएको हो ।
सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने बढेको छ । गत तिहारअघिको अन्तिम कारोबार दिनमा तोलामा १२ सय १५ रूपैयाँ रहेको चाँदीको मूल्य हिजो शुक्रबारसम्ममा १० रूपैयाँले बढेको हो । यससँगै, चाँदीको मूल्य तोलामा १२ सय २५ रूपैयाँ कायम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण