आणविक युद्ध रोक्न चिनियाँ राष्ट्रपति सीको विश्व नेतासँग आह्वान

चीनका राष्ट्रपति सी जिनपिङले विश्व नेतासँग युरेसियामा (युरोप र एसिया) आणविक हतियारको प्रयोग रोक्न आह्वान गरेका छन् । शुक्रबार बेइजिङमा जर्मन चान्सलर ओलाफ शोल्जसँग भेटपछि राष्ट्रपति सी जिनपिङले उक्त टिप्पणी गरेको चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले लेखेको छ ।
‘अन्तर्राष्ट्रिय समुदायले आणविक हतियारको प्रयोग वा प्रयोगको धम्कीको संयुक्त रूपमा विरोध गर्नुपर्छ । साथै युरेसिया क्षेत्रमा आणविक संकट रोक्नको लागि आणविक हतियार प्रयोग नगर्न र आणविक युद्धविरूद्ध वकालत गर्नुपर्छ,’ सीले भने ।
युक्रेन युद्धको परिप्रेक्षमा आणविक युद्धको सम्भावना निक्कै बढेका सन्दर्भमा सीको यो भनाई आएको हो । आठ महिनादेखि जारी युक्रेन युद्धमा हार्ने अवस्थामा रुसले आणविक आक्रमण गर्न सक्ने डर छ । मस्कोले युक्रेनसँगको युद्धमा कुनै पनि रासायनिक, जैविक वा आणविक हतियार प्रयोग गरेमा ‘गम्भीर नतिजा’ भोग्ने विश्वका सात औद्योगिक राष्ट्रहरूको समूह जी–७ ले शुक्रबार चेतावनी दिएको छ ।
नाटोले गत अक्टोबरमा आणविक आक्रमणको परिदृश्यमा कसरी सामना गर्ने भन्ने हिसाबले युद्धाभ्यास गर्यो । त्यसअघि रुसले पन त्यस्तै सैन्य अभ्यास गरेको थियो तर दुवैले त्यसलाई नियमित अभ्यास भनेका छन् । पुटिनले गत सेप्टेम्बर महिनामा नेटोबाट आफ्नो भूमिमाथि जोखिम आइपरे आणविक हतियारहरू प्रयोग गर्ने धम्की दिँदै आफूले ठट्टा नगरेको बताएका थिए । त्यस समय उनले नेटो राष्ट्रले रुसलाई ‘नष्ट’ पार्ने योजना बनाएको आरोप लगाएका थिए ।
मस्कोले पछि परमाणु हतियार प्रयोग गर्ने खतरालाई अस्वीकार गदै अमेरिका र नाटोसँगको टकराव क्रेमलिनको हितमा नभएको बताएको थियो । रुसी नेताले गत हप्ता युक्रेन युद्धमा आणविक हतियार प्रयोग गर्ने मस्कोको कुनै मनसाय नभएको बताएका थिए । ‘हामी त्यसको आवश्यकता नै देख्दैनौं,’ पुटिनले केही अघि मात्र भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिसा साह मृत्यु प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै पद्मकन्या कलेजका विद्यार्थीले गरे प्रदर्शन (तस्बिरहरू)
-
ओली सरकार आफ्नै भारले ढल्छ : अग्निप्रसाद सापकोटा
-
रवीन्द्र मिश्र लगायतका नेताको रिहाइको माग गर्दै रिले अनसन (तस्बिरहरू)
-
मन्त्रीको निर्देशनमा रोकिएको श्वेतपत्र सार्वजनिक गर्दै विद्युत् प्राधिकरण
-
बागमती प्रदेशस्तरीय स्पोटर्स अवार्ड जेठमा हुने
-
अमेरिकासँग सम्भावित व्यापार वार्ताको मूल्याङ्कन गर्दै छ चीन