शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी गायक तथा ब्याकस्ट्रिट ब्वाइजका निकका भाइको ३४ वर्षको उमेरमा निधन

आइतबार, २० कात्तिक २०७९, ०९ : ३९
आइतबार, २० कात्तिक २०७९

अमेरिकी गायक तथा र्यापर आरोन कार्टरको ३४ वर्षको उमेरमा निधन भएको छ । उनी  ब्याकस्ट्रिट बोय निक कार्टरको कान्छो भाइ थिए । 

वेबसाइट टीएमजेडका अनुसार कार्टर शनिबार बिहान क्यालिफोर्नियाको ल्यान्कास्टरमा आफ्नै घरमा नुहाउँदा मृत फेला परेका थिए । उनको टोलीका प्रतिनिधिहरूले उनको मृत्युको पुष्टि गरे । 

“अहिले यो साँच्चै खराब समय हो, हामी के भयो र यसको कारण के थियो भनेर पत्ता लगाउन कोसिस गर्दैछौं,“ उनीहरूले भने, “हामी सबैजस्तै निराश छौं र आशा छ कि प्रशंसकहरूले उनको परिवारलाई विचार र प्रार्थना दिन सक्छन् ।“ उनको मृत्युबारे थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप