तोलामा १४ सय रूपैयाँले बढ्यो सुनको मूल्य
आइतबार, २० कात्तिक २०७९, ११ : २२
आज साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य एकैदिन १४ सय रूपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको भाउ बढेको जानकारी दिएको हो ।
यससँगै, छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रूपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९४ हजार रूपैयाँ कायम रहेको जानकारी दिएको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ६०० रूपैयाँ कायम थियो ।
सुनको मूल्य बढेको दिन आज चाँदीको मूल्यमा समेत भारी वृद्धि देखिएको छ । महासंघले आज एकैदिन चाँदीको मूल्य तोलामा ५० रूपैयाँ बढेको जानकारी दिएको छ । यससँगै, चाँदीको मूल्य तोलामा १२ सय ७५ रूपैयाँ कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण