बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ओली आज पोखरा आउँदै

सोमबार, २१ कात्तिक २०७९, ०७ : २१
सोमबार, २१ कात्तिक २०७९

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा आउँदै छन् । एमाले कास्की जिल्ला निर्वाचन परिचालन कमिटीले आयोजना गर्ने कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली पोखरा सभागृहमा आउने तालिका तयार भएकाे निर्वाचन प्रचार प्रमुख दर्शन लामाले जानकारी दिए । 

अध्यक्ष ओलीसँगै कास्की निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मनबहादुर गुरुङ, क्षेत्र नम्बर २ का विद्या भट्टराई र क्षेत्र नम्बर ३ का दामोदर पौडेल ( बैरागी) कार्यक्रममा सहभागिता रहनेछ । यस्तै, गण्डकी प्रदेशसभा तर्फ १ (१) का खगराज अधिकारी १ (२) का वेदबहादुर गुरुङ, क्षेत्र नम्बर २ (१) का भीम कार्की, २ (२) की मीना गुरुङ, क्षेत्र नम्बर ३ (१) का गणेशमान गुरुङ, ३ (२) का उम्मेदवार राजीव पहारी सभामा सहभागी हुने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप