च्याम्पियन्स लिग ड्र : राउन्ड अफ १६ मा पीएसजी र बायर्न भिड्ने
यूईएफए च्याम्पियनसिप लिग फुटबल अन्तर्गत नकआउट चरण राउण्ड अफ १६ को ‘ड्र’ सार्वजनिक भएको छ । यूईएफएले सोमबार नकआउट चरणको ’ड्र’ सार्वजनिक गरेको छ । सार्वजनिक ’ड्र’ अनुसार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले राउण्ड अफ १६ मा जर्मन क्लब बायर्न म्युनिखलाई प्रतिद्वन्दी पाएको छ ।
यता साविक विजेता स्पेनिस क्लब रियल मड्रिडले प्रिमियर लिग क्लब लिभरपुलसँग खेल्ने भएको छ । म्यानचेस्टर सिटीलाई भने जर्मन क्लब आरबी लाइपजितलाई प्रतिद्वन्दी पायो । त्यस्तै प्रिमियर लिग क्लब चेल्सीले राउण्ड अफ १६ मा बोरुसिया डर्टमण्डलाई प्रतिद्वन्दी पाएको छ ।
यता टोटेनहमले इटालियन क्लब एसी मिलान प्रतिद्वन्द्वी पायो । नापोलीले जर्मन क्लब फ्रान्कफुर्टसँग प्रतिस्पर्धा गर्ने भएको छ । त्यस्तै पोर्चुगिज क्लब बेन्फिकाले क्लब ब्रुगको सामना गर्दा इटालियन क्लब इन्टर मिलानले पोर्टोलाई प्रतिद्वन्दी पाएको हो । नकआउट चरणको पहिलो लेग फेब्रुअरी १४,१४,२१ र २२ हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण