आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय

च्याम्पियन्स लिग ड्र : राउन्ड अफ १६ मा पीएसजी र बायर्न भिड्ने

सोमबार, २१ कात्तिक २०७९, १७ : ३४
सोमबार, २१ कात्तिक २०७९

यूईएफए च्याम्पियनसिप लिग फुटबल अन्तर्गत नकआउट चरण राउण्ड अफ १६ को ‘ड्र’ सार्वजनिक भएको छ । यूईएफएले सोमबार नकआउट चरणको ’ड्र’ सार्वजनिक गरेको छ ।   सार्वजनिक ’ड्र’ अनुसार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले राउण्ड अफ १६ मा जर्मन क्लब बायर्न म्युनिखलाई प्रतिद्वन्दी पाएको छ ।

यता साविक विजेता स्पेनिस क्लब रियल मड्रिडले प्रिमियर लिग क्लब लिभरपुलसँग खेल्ने भएको छ ।  म्यानचेस्टर सिटीलाई भने जर्मन क्लब आरबी लाइपजितलाई प्रतिद्वन्दी पायो । त्यस्तै प्रिमियर लिग क्लब चेल्सीले राउण्ड अफ १६ मा बोरुसिया डर्टमण्डलाई प्रतिद्वन्दी पाएको छ । 

यता टोटेनहमले इटालियन क्लब एसी मिलान प्रतिद्वन्द्वी पायो । नापोलीले जर्मन क्लब फ्रान्कफुर्टसँग प्रतिस्पर्धा गर्ने भएको छ ।  त्यस्तै पोर्चुगिज क्लब बेन्फिकाले क्लब ब्रुगको सामना गर्दा इटालियन क्लब इन्टर मिलानले पोर्टोलाई प्रतिद्वन्दी पाएको हो ।  नकआउट चरणको पहिलो लेग फेब्रुअरी १४,१४,२१ र २२ हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप