अलपत्र पुल वर्षदिन भित्र उद्घाटन गर्ने उम्मेदवार श्रेष्ठको प्रतिवद्धता
पूर्व श्रममन्त्री तथा बारा निर्वाचन क्षेत्र नं ४ प्रतिनिधि सभा सदस्यका उम्मेदवार किसान श्रेष्ठले बाराको प्रसौनी ७ बन्जरियामा ९ वर्षदेखि अलपत्र अवस्थामा रहेको बंगेरी खोलाको पुल निर्वाचित भएको वर्षदिन भित्र निर्माण सम्पन्न गरेर उद्घाटन गर्ने प्रतिवद्धता जनाएका छन् ।
प्रसौनी हुँदै कलैया जाने भित्री सडक खण्डमा रहेको बंगेरी खोलामा पुल निर्माणको काम ९ वर्षदेखि अलपत्र अवस्थामा हुँदा समस्या झेल्नुपरेको भन्दै स्थानीयले गुनासो गरेपछि उम्मेदवार श्रेष्ठले निर्वाचित भएलगत्तै काम अगाडि बढाउने प्रतिवद्धता जनाएका हुन् । ‘अलपत्र पुल कसरी, के कारणले रोकिएको हो, मंसिर ४ गतेपछि खोतलेर समयमै सम्पन्न गर्ने प्रतिवद्धता जनाउँछु’ उम्मेदवार श्रेष्ठले भने ‘जिल्लाको सदरमुकाम पुग्ने र बाराको निर्वाचन क्षेत्र नं ३ र ४ लाई जोड्ने बंगेरी पुलको निर्माण सम्पन्न गर्ने काम मेरो प्राथमिकतामा परेको छ, अव कुनै बहानामा ढिला सुस्ती हुँदैन ।’
बारा निर्वाचन क्षेत्र नं ४ को विभिन्न स्थानमा भएको घरदैलोमा कार्यक्रममा उम्मेदवार श्रेष्ठले मतदाताहरूले अवसर दिए शिक्षा, स्वास्थ्य, रोजगारी र गरिवी, विपन्न जनताको हकमा अनुभूति हुने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन् । उनले स्वतन्त्र उम्मेदवारहरुले गरिब, विपन्न मतदातालाई रक्सि र मासुका बहकाउन खोजेको टिप्पणी गरेका छन् ।
‘गरिब भन्दैमा रक्सि र मासुमा बिक्छ भन्ने मानसिकता तोड्नुपर्यो, यदि कोही लोभी पापी साथीहरूले बाटो बिराउनु भएको छ भने सम्झाएर ल्याउनुपर्यो’ उम्मेदवार श्रेष्ठले भने । पछिल्लो समय चुनाव प्रचारप्रसारको क्रममा मतदातालाई प्रभावमा पार्ने गरी आर्थिक गतिविधि गरेको श्रेष्ठको टिप्पणी गरेका छन् ।
घरदैलो कार्यक्रममा पूर्व संविधानसभा सदस्य जयप्रकाश यादवले बारा–क्षेत्र नं ४ का जनताले ५ दलीय गठबन्धनको तर्फबाट सक्षम र योग्य उम्मेदवार पाएकोले सबैलाई मतदान गरेर जिताउन आग्रह गरेका छन् । उनले श्रेष्ठ निर्वाचित भए लगत्तै बंगेरी खोलामा रहेको अलपत्र पुलको काम समयमै सम्पन्न हुने दावी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण