नेपाली मूलकी सराहना श्रेष्ठ न्युयोर्क राज्य विधानसभा सदस्यमा विजयी
नेपाली मूलकी सराहना श्रेष्ठ न्यूयोर्क राज्यको विधानसभा सदस्यमा निर्वाचित भएकी छन् । डेमोक्रयाट उम्मेदवार उनको विजयसँगै अर्को इतिहास कायम भएको छ । उनी अमेरिकामा राज्यस्तरीय विधान सभा सदस्य अर्थात् सांसदमा विजयी हुने दोस्रो नेपाली मुलकी अमेरिकी भएकी छन् । तर महिलाहरुको तर्फबाट भने उनी पहिलो बनेकी छन् ।
उनले सम्पन्न मतपरिणाममा उनले ३५ हजार ४९३ मत पाइन् । नोभेम्बर ८ का दिन भएको विधान सभा सदस्यको दौडमा उनले रिपब्लिकनका प्याट्रिक शेहनलाई हराएकी हुन् ।
उनको क्षेत्र १०३ औँ हो भने उनले विधानसभा डेमोक्र्याटिक प्राथमिक निर्वाचनमा १३ कार्यकालसम्म बिजयी भएकी केभिन काहिललाई पराजित गरेकी थिइन्
श्रेष्ठ पहिलो पुस्ताकी नेपाली–अमेरिकी हुन । न्यूयोर्ककी युवा अमेरिकी सांसद अलेक्जान्ड्रिया ओकासियो–कोर्टेजले श्रेष्ठलाई समर्थन गरेकी थिइन् । यस्तै मेरिल्याण्ड राज्य विधानसभामा डा ह्यारी भण्डारी विजयी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण