निर्वाचनपछि केन्द्र र सात प्रदेशमा गठबन्धनकै सरकार बन्छ : प्रवक्ता महत
नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आसत्र प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा गठबन्धन दलले बहुमत ल्याउने दाबी गरेका छन् । उनले भने , “निर्वाचनमा गठबन्धन दलका उम्मेदवार अत्यधिक स्थानमा विजयी हुन्छन् । केन्द्र र सात प्रदेशमा गठबन्धन दलको सरकार निर्माण हुन्छ ।”
प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन, टेलिभिजन समन्वय तथा प्रचार समितिद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा महतले सम्पूर्ण नागरिकहरुलाई जोड्न नेतृत्व गर्ने पार्टी कांग्रेस मात्र भएको बताए । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिका संयोजकसमेत रहेका नेता डा महतले भने “कांग्रेसले अन्य दलको जस्तो सपना बाँड्न काम गर्दैन , जे बोल्छ त्यो पूरा गर्छ ।
मुलुकमा पछाडि परेका लक्षित वर्गलाई केन्द्र विन्दुमा राखेर पार्टीले विभिन्न योजना ल्याएको जानकारी दिँदै उनले कोखदेखि शोकसम्म, ज्येष्ठ नागरिक उपचार, सामाजिक सुरक्षा भत्तामा ६५ वर्षमा प्राप्त गर्ने जस्ता कार्यक्रम आफ्नो चुनावी घोषणापत्रमा ल्याएको बताए । एक प्रश्नको जवाफमा पार्टीका प्रवक्ता डा महतले मुलुकमा रोजगारीको सिर्जना गर्न, निजी क्षेत्रलाई प्रोत्साहन गर्न र सरकारले उद्योग सञ्चालन गर्न हुँदैन भनेर सरकारी उद्योग निजी क्षेत्रमा हस्तान्तरण गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण