मोरङको ३(१) मा आज उम्मेदवारी दर्ता
मोरङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ३(१) का लागि निर्वाचन आयोगले आज मनोनयन दर्ता गर्ने भएको छ । कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपछि आयोगले नयाँ चुनावी कार्यतालिका सार्वजनिक गरेको थियो।
मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूचना प्रकाशन गर्ने, उम्मेदवारको विरोधमा उजुरी दिने समय समेत आजलाई नै तोकिएको छ ।
कात्तिक २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका आयोगले सार्वजनिक गरेको छ ।
सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रहेका थापाको निधनपछि अब सो पार्टीलाई अर्को उम्मेदवारी दर्ता गर्न आयोगले समय दिएको हो । उम्मेदवारको निधन भएको पार्टीभन्दा अन्य दल तथा स्वतन्त्रले नयाँ तालिकाअनुसार मनोनयन दर्ता भने पाउने छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण