सुनको मूल्य स्थिर, चाँदीको घट्यो
बिहीबार, २४ कात्तिक २०७९, ११ : ५७
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य स्थिर कायम भएको जनाएको छ । आजको मूल्य सूची तोक्दै महासंघले हिजोकै मूल्यमा सुनको कारोबार भइरहेको जानकारी दिएको हो । जसअनुसार, आज छापावाल सुनको मूल्य तोलामा ९५ हजार ४०० र तेजाबी सुनको मूल्य ९४ हजार ९०० रूपैयाँ छ । हिजो बुधबार पनि छापावाल र तेजाबी सुनको मूल्य यही कायम थियो ।
मंगलबारको तुलनामा तोलामा १४ सय रूपैयाँ बढेको थियो । मंगलबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रूपैयाँ थियो । यसैगरी, आज चाँदीको मूल्य तोलामा १२ सय ८५ रूपैयाँ छ । हिजो बुधबार यसको मूल्य तोलामा १२ सय ९५ रूपैयाँ कायम थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेका चार मन्त्री बर्खास्त भएसँगै नयाँ गठबन्धनका लागि नेकपाले राख्यो सर्त
-
जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पक्राउ
-
संसद्को गरिमा बढ्यो कि घट्यो समीक्षा गरौँ : विपिन आचार्य
-
मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सुरक्षा चुनौतीबारे संसद्मा सरकारको ध्यानाकर्षण
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण