शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

अब सुनको असर्फीको भुक्तानी क्यूआर कोर्डबाटै गर्न सकिने

बिहीबार, २४ कात्तिक २०७९, १२ : ०२
बिहीबार, २४ कात्तिक २०७९

नेपाल राष्ट्र बैँकबाट खरिद बिक्री हुने सुनका असर्फी, चाँदीको मेडालियन/स्मारिका सिक्काहरूको भुक्तानी अब क्यूआर कोर्डबाटै हुने भएको छ । बिहीबार एक सूचना गर्दै राष्ट्र बैँक, मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाले रु.१ र रु.२ का सिक्का सटही गर्दा क्यूआर कोर्डमार्फत पनि भुक्तानी स्वीकार गर्ने व्यवस्था गरिएको जनाएको हो । 

योसँगै अब सुनका असर्फी, चाँदीका मेडालियन/स्मारिका सिक्का तथा तक्माहरूको सट्टापट्टा तथा खरिदमा सेवाग्राहीहरुले क्यूआर कोर्डबाटै भुक्तानी दिन सक्ने भएका छन् । यसले सहज बनाएको छ । यसअघि नेपाल राष्ट्र बैँकको मुद्रा व्यवस्थापन विभाग तथा टक्सार महाशाखामा यस्तो व्यवस्था थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप