कोरियामा एकैदिन ५४ हजारभन्दा बढी कोभिड सङ्क्रमित थपिए
दक्षिण कोरियामा बिहीबार मध्यरातसम्म कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या ५४ हजार पाँच सय १९ जना थपिएपछि कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ६० लाख ९१ हजार जनाभन्दा बढी भएका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।
यहाँ गएको २४ घन्टायता ५४ हजार पाँच सय १९ जना सङ्क्रमित थपिएका छन् । अघिल्लो दिन अर्थात् बुधबार यहाँ ५५ हजार तीन सय ६५ जना रहेकामा बिहीबार ती सङ्क्रमित थपिएका हुन् ।
यहाँ कोभिड महामारी सुरु भएयता सङ्क्रमित भेटिएका समाचारमा जनाइएको छ । यहाँको रोग नियन्त्रण तथा निवारण निकायका अनुसार अघिल्लो हप्ताका तुलनामा बिहीबार सङ्क्रमित बढेका छन् । अघिल्लो हप्तामा यहाँ बढीमा ४७ हजारमा मात्र सङ्क्रमण देखिएको थियो ।
यहाँ पछिल्लो दिनमा ४० जनाको यही सङ्क्रमणबाट ज्यान गएको छ । दक्षिण कोरियामा अहिलेसम्म कोभिडको सङ्क्रमणबाट ज्यान जाने व्यक्तिको सङ्ख्या २९ हजार पाँच सय ७१ पुगेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण