आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

रामदेवको कम्पनीले उत्पादन गरेका पाँच औषधि उत्पादनमा प्रतिबन्ध

शुक्रबार, २५ कात्तिक २०७९, १७ : २५
शुक्रबार, २५ कात्तिक २०७९

उत्तराखण्डको आयुर्वेदिक एण्ड युनानी सर्विसेजका अधिकारीले पतञ्जली अन्तरगतको दिव्या फार्मेसीका पाँचवटा औषधिको उत्पादनमा प्रतिबन्ध लगाइदिएका छन् । दिव्या फार्मेसी चर्चित भारतीय योग गुरु राम देवले स्थापना गरेको पतञ्जली अन्तरगत रहेको छ । उमाथि ‘भ्रामक विज्ञापन’को आरोपमा यी कारबाही गरिएको हो । 

उत्तराखण्ड आयुर्वेदिक एण्ड युनानी सर्भिसेजका लाइसेन्स अधिकारी डा. जी.सी.एस जंगपांगीले जारी गरेको पत्रमा फार्मेसीलाई ‘दिव्या मधुग्रित’, ‘दिव्य ‘आईग्रिट गोल्ड’, ‘दिव्या थाइरोग्रिट’, ‘दिव्या बीपी–ग्रिट’ र ‘दिव्या लिपिडोम’ औषधिको उत्पादन तत्काल बन्द गर्न भनिएको छ । 

आयुर्वेदिक एण्ड युनानी सर्विसेजले फार्मेसीलाई ती पाँच उत्पादनका विज्ञापन मिडियाबाट फिर्ता लिन पनि भनिएको छ । अनुसन्धानमा योग गुरु रामदेवको पतञ्जली अन्तर्गतको यो फार्मेसीले बारम्बार ‘ड्रग्स एण्ड म्याजिक रेमेडिज एक्ट’को उल्लंघन गरेको पाइएको थियो ।

यी औषधिहरू मधुमेह, आँखाको संक्रमण, थाइराइड, रक्तचाप र कोलेस्ट्रोल नियन्त्रणका लागि भनेर प्रचार गरिएको छ । यस प्रकरणमा डा.जंगपांगीले भारतीय पत्रिका ‘द हिन्दू’लाई भनेका छन्, ‘हामीले यी औषधीको ‘फार्मुलेसन शीट’को समीक्षा गर्न एउटा टोली बनाएका छौं । दिव्या फार्मेसीलाई एक हप्ताभित्र संशोधित लेबल पेस गर्न भनिएको छ ।’

पतलञ्जलीको स्पष्टीकरण
दिव्या फार्मेसीमाथिको यो कारबाही केरलाका चिकित्सक डा.के.वी.बाबुको उजुरीपछि गरिएको हो । ‘एउटा विज्ञापनमा तिनको औषधी आँखाको ग्लुकोमा, मोतियाविन्दु र अन्य धेरै आँखाका रोगविरुद्ध प्रभावकारी रहेको बताइएको छ । यी रोगहरू औषधी खाएर भन्दा पनि शल्यक्रियाबाट ठीक हुन्छन् र उचित उपचार नगरेमा सम्बन्धित व्यक्ति अन्धो पनि हुनसक्छ । त्यस्ता विज्ञापनहरू मानव जीवनका लागि खतरा हुन्,’ डा.के.वी. बाबुले उजुरीमा भनेका छन् ।

पतञ्जलीद्वारा जारी विज्ञप्तिमा दिव्या फार्मेसीका हरेक उत्पादन र औषधि तोकिएको मापदण्डअनुसार बनाइने उल्लेख छ । पतञ्जलीले उल्टो आरोप लगाउँदै भनेको छ, ‘औषधिको संसारमा भ्रम र डरको व्यवसाय चलाउने मानिसहरूबाट हामीमाथि हमला भइरहेको छ । हामी यो षडयन्त्र सफल हुन दिनेछैनौं ।’ –द हिन्दूबाट


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप