सुर्खेत प्रशासनद्वारा मदिरा बिक्री वितरणमा रोकदेखि मेला–महोत्सवमा बन्देजसम्म
जिल्ला प्रशासन कार्यालय सुर्खेतले मदिरा बिक्री वितरणमा रोक लगाएको छ । मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै शुक्रबारदेखि मदिरा बिक्री वितरणमा रोक लगाइएको हो । शुक्रबार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले राजनीति दलका प्रतिनिधिहरूको उपस्थितिमा सो निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी रिजालले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, भयरहित तथा मर्यादित रुपमा सम्पन्न गर्नको लागि मदिरामा रोक लगाइएको बताए । मतदान हुने दिन नजिकै आइरहेको हुँदा प्रचारप्रसारलाई मित्रवत र मर्यादित बनाइ सच्याउनुपर्ने थप विषयहरूमा सबै राजनीतिक दलहरू गम्भीर भइ आचारसंहिता विपरितका कुनै निर्माण कार्य तथा कार्यक्रम नगर्ने भनिएको छ,’ उनले भने, ‘आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को सन्दर्भमा यस निर्वाचन प्रचारप्रसारको क्रम तीब्र रुपमा अगाडि बढेकोले निर्वाचनलाई मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नको लागि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन कार्यलाई पूर्ण रुपमा रोक लगाउने निर्णय भएको हो ।’
रिजालका अनुसार शुक्रबारदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि मदिरामा रोक लगाइएको हो । उनले निर्णयको कार्यान्वयनमा सहयोग गर्न जिल्लास्थित सबै राजनीतिक दल, उद्योगी, व्यवसायी, व्यापारी, आम सञ्चार माध्यम, सर्वसाधारण लगायत सबैमा अनुरोध गरेका छन् ।
साथै निर्वाचनको मतपरिणाम घोषणा नभएसम्म यस जिल्लामा मेला, पर्व, जात्रा, महोत्सव, खेलकुद र अन्य मनोरञ्जनसम्बन्धी क्रियाकलापहरु सञ्चालन गर्न रोक पनि रोक लगाइएको छ । मंसिर ४ गते मतदान गर्न सुरु हुनुभन्दा २४ घण्टा अगाडिदेखि ग्याँस सिलिण्डर, पाइप, सकेट, प्रेसर कुकरजस्ता विस्फोटनमा प्रयोग हुनसक्ने सामग्रीहरूको ओसारपसार तथा बिक्री वितरणमा समेत रोक लगाइएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण