सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम

सोमबार, २२ असार २०८३, १७ : ३२
सोमबार, २२ असार २०८३

सारांश

  • समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका २४८ जना साना बचतकर्तालाई रकम फिर्ता गरेको छ ।
  • हालसम्म शिव शिखर सहकारीका १११७ जना बचतकर्ताले रकम फिर्ता पाएका छन् ।
  • सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ ।

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार शिव शिखर सहकारीका २४८ जना पीडितले बचत फिर्ता पाएका हुन् । हालसम्म  शिव शिखर सहकारीका १११७ जना बचतकर्ताले रकम फिर्ता पाएका छन् । 

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ । यसरी नै क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।

सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । समस्याग्रस्त सहकारी संस्थाहरूबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरूलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रूपमा सञ्चालन भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप