अर्थमन्त्री वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता
सोमबार, २२ असार २०८३, १७ : १६
सारांश
- अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबीच अर्थ मन्त्रालयमा भेटवार्ता भएको छ ।
- भेटमा अर्थमन्त्री वाग्लेले नेपालको विकासमा एडीबीको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा निरन्तर सहयोगको आग्रह गरे ।
- एसियाली विकास बैंकका अध्यक्ष कान्डाले नेपालको विकासका लागि सहकार्य उच्च प्राथमिकतामा रहेको बताए ।
काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता भएको छ । सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको उनीहरूबिच भेटवार्ता भएको हो।
भेटमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालको विकासका लागि एसियाली विकास बैंकका तर्फबाट भएको सहयोग र लगानी परिचालनका लागि अध्यक्ष कान्डालाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा निरन्तर सहयोगका लागि आग्रह गरे ।
अर्थमन्त्री डा.वाग्लेसँगको भेटमा अध्यक्ष कान्डाले नेपालको विकासका लागि सहकार्य आफूहरूको उच्च प्राथमिकतामा रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तत्काल बजार भाउ घटाउन मन्त्रीको कडा निर्देशन
-
टिकटकमा दुर्व्यवहारको भिडिओ राख्ने युवतीको साहसलाई गृहमन्त्रीको सम्मान
-
अन्तिम–१६ को महाभिडन्तअघि पोर्चुगल र स्पेनबारे जान्नुपर्ने कुरा
-
अख्तियारबाट एकाएक किन सरुवा भए डीआईजीसहितका प्रहरी अधिकृत ?
-
तनहुँका दुई स्थानीय तहको बजेट पारित
-
अभिषेक गिरीविरुद्ध थप दुई वटा मुद्दामा अनुसन्धान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण