सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

कर्णाली याक्सद्वारा सूर्य तामाङलाई  २ लाख रुपैयाँमा खरिद

सोमबार, २२ असार २०८३, १७ : २८
सोमबार, २२ असार २०८३

सारांश

  • नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अक्सनमा कर्णाली याक्सले क्रिकेटर सूर्य तामाङलाई २ लाख रुपैयाँमा खरिद गरेको छ ।
  • सोमबार राजधानीमा भएको अक्सनमा सुरुवातीमै तामाङलाई कर्णाली याक्सले खरिद गरेको हो ।
  • अक्सनका लागि क्यानले १५५ खेलाडीलाई तीन श्रेणीमा विभाजन गरेको छ र विभिन्न टोलीले ५२ खेलाडी अनुबन्ध गर्नेछन् ।

काठमाडौँ । क्रिकेटर सूर्य तामाङलाई कर्णाली याक्सले २ लाख रुपैयाँमा खरिद गरेको छ । सोमबार भएको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अक्सनमा सुरुवाती बोलीमै उनलाई कर्णाली याक्सले खरिद गरेको हो । 

अक्सन सोमबार राजधानीमा भइरहेको छ । अक्सनका लागि क्यानले अन्तिम छनोटमा परेका १५५ खेलाडीलाई तीन श्रेणीमा विभाजन गरेको छ । क्याटेगोरी ‘ए’ मा ५, ‘बी’ मा २७ र ‘सी’ मा १२३ खेलाडी रहेका छन् । अक्सनमार्फत विभिन्न फ्रेन्चाइज टोलीले ५२ खेलाडीलाई आफ्नो टोलीमा अनुबन्ध गर्नेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप