के प्रेममा छन् र्यापर लाउरे ?
युवापुस्तामाझ लोकप्रिय छन् लाउरे अर्थात ¥यापर तथा अभिनेता आशिष राना । केही अगाडि लागुऔषध मुद्दामा मुछिएका उनी त्यसबाट छुटकारा पाएपछि भने संगीतिक क्षेत्रमा रमाइरहेका छन् ।
बेलाबेलामा नयाँ गीतमार्फत दर्शक स्रोतासँग जोडिने गरेका उनी पछिल्लो समय हायात लिम्बू नामकी एक युवतीसँग नजिक छन् । सामाजिक सञ्जालमा उनको प्रेम सम्बन्धको कुराले चर्चा समेत पाएको छ । लिम्बुसँग उनले बनाएको टिकटक भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको छ ।
टिकटकमा हायात र लाउरेले रोमान्टिक भिडियो बनाएका छन् । जसबाट उनीहरू मायामा रहेको अनुमान गर्न सकिन्छ । एक भिडियोमा हायातले क्याप्सनमा लभ रियाक्ट गर्दै लाउरेलाई समेत मेन्सस गरेर पोष्ट गरेकी छन् । जसबाट पनि उनीहरुबीच प्रेम रहेको अनुमान लगाउन जो कोहीलाई पनि गाहे पर्दैन । भिडियोको कमेन्टमा धेरैले राम्रो जोडी भनेका छन् भने कतिपयले बधाई समेत दिएका छन् ।
यो टिकटक भिडियो मात्र हो वा रिलेशनसिप । यस विषयमा लाउरेको भने आधिकारीक धारणा आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण