निर्वाचन आयोगले खरिद गरेको स्यानिटाइजर गुणस्तरहीन, प्रयोग नगर्न निर्वाचन अधिकृतहरूलाई आयोगको एसएमएस
मतदानका दिन प्रयोग गर्न भनेर निर्वाचन आयोगले खरिद गरेको स्यानिटाइजर गुणस्तरहीन रहेको पाइएको छ । खरिद गरिसकेको स्यानिटाइजर गुणस्तरहीन भएपछि स्यानिटाइजर प्रयोग नगर्न आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई एसएमएस पठाएको छ ।
निर्वाचन आयोगले मंगलबार साँझ पठाएको एसएमएसमा प्राविधिक प्रतिवेदन अनुसार स्यानिटाइजर प्रयोग गर्न अयोग्य देखिएकाले मतदान केन्द्रमा नपठाउनुहुन र पठाइसकेको भए सम्भव भएसम्म फिर्ता पठाउन भनिएको छ । साथै उक्त स्यानिटाइजर प्रयोग नगर्न समेत भनिएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ल्याब टेष्ट गर्दा उक्त स्यानिटाइजर गुणस्तरहीन रहेको पाइएको हो । स्यानिटाइजरमा हुनुपर्ने न्यूनतम गुण नपाइएको र त्यसले अन्य समस्या निम्त्याउन सक्ने भन्दै आयोगले उक्त स्यानिटाइजर प्रयोग नगर्न सूचित गराएको हो ।
आयोगले पठाएको एसएमएसमा भनिएको छ,‘प्राविधिक प्रतिवेदन अनुसार स्यानिटाइजर प्रयोग गर्न योग्य नदेखिएकाले मतदान केन्द्रमा नपठाउनुहुन र पठाइसकेको भए सम्भव भएसम्म फिर्ता गर्न÷गराउनु हुन र स्यानिटाइजर कसैले पनि प्रयोग नगर्न जानकारी गराउनुहुन अनुरोध छ । निर्वाचन आयोग ।’

काठमाडौंका एक निर्वाचन अधिकृतका अनुसार काठमाडौं लगायतका निर्वाचन केन्द्रहरूमा प्रति मतदान केन्द्र १० वटामा दरले स्यानिटाइजर पठाइएको थियो । निर्वाचन आयोगले स्पेशीफिकेसन दिएर टेण्डरमार्फत् खरिद गरेको स्यानिटाइजर गुणस्तरहीन पाइएपछि प्रयोगमा प्रतिबन्ध लगाइएको हो । कुन कम्पनीबाट कति मूल्यको स्यानिटाइजर खरिद गरिएको हो भन्ने रातोपाटीको प्रश्नमा आयोगका प्रवक्ता पौडेलले भोलि मात्रै यसबारेमा विस्तृतमा भन्न सकिने जवाफ दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण