शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन आयोगले खरिद गरेको स्यानिटाइजर गुणस्तरहीन, प्रयोग नगर्न निर्वाचन अधिकृतहरूलाई आयोगको एसएमएस

मङ्गलबार, २९ कात्तिक २०७९, २२ : ०९
मङ्गलबार, २९ कात्तिक २०७९

मतदानका दिन प्रयोग गर्न भनेर निर्वाचन आयोगले खरिद गरेको स्यानिटाइजर गुणस्तरहीन रहेको पाइएको छ । खरिद गरिसकेको स्यानिटाइजर गुणस्तरहीन भएपछि स्यानिटाइजर प्रयोग नगर्न आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई एसएमएस पठाएको छ । 

निर्वाचन आयोगले मंगलबार साँझ पठाएको एसएमएसमा प्राविधिक प्रतिवेदन अनुसार स्यानिटाइजर प्रयोग गर्न अयोग्य देखिएकाले मतदान केन्द्रमा नपठाउनुहुन र पठाइसकेको भए सम्भव भएसम्म फिर्ता पठाउन भनिएको छ । साथै उक्त स्यानिटाइजर प्रयोग नगर्न समेत भनिएको छ । 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ल्याब टेष्ट गर्दा उक्त स्यानिटाइजर गुणस्तरहीन रहेको पाइएको हो । स्यानिटाइजरमा हुनुपर्ने न्यूनतम गुण नपाइएको र त्यसले अन्य समस्या निम्त्याउन सक्ने भन्दै आयोगले उक्त स्यानिटाइजर प्रयोग नगर्न सूचित गराएको हो । 

आयोगले पठाएको एसएमएसमा भनिएको छ,‘प्राविधिक प्रतिवेदन अनुसार स्यानिटाइजर प्रयोग गर्न योग्य नदेखिएकाले मतदान केन्द्रमा नपठाउनुहुन र पठाइसकेको भए सम्भव भएसम्म फिर्ता गर्न÷गराउनु हुन र स्यानिटाइजर कसैले पनि प्रयोग नगर्न जानकारी गराउनुहुन अनुरोध छ । निर्वाचन आयोग ।’

काठमाडौंका एक निर्वाचन अधिकृतका अनुसार काठमाडौं लगायतका निर्वाचन केन्द्रहरूमा प्रति मतदान केन्द्र १० वटामा दरले स्यानिटाइजर पठाइएको थियो । निर्वाचन आयोगले स्पेशीफिकेसन दिएर टेण्डरमार्फत् खरिद गरेको स्यानिटाइजर गुणस्तरहीन पाइएपछि प्रयोगमा प्रतिबन्ध लगाइएको हो । कुन कम्पनीबाट कति मूल्यको स्यानिटाइजर खरिद गरिएको हो भन्ने रातोपाटीको प्रश्नमा आयोगका प्रवक्ता पौडेलले भोलि मात्रै यसबारेमा विस्तृतमा भन्न सकिने जवाफ दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप