अभिनयबाट ब्रेक लिँदै आमिर
बलिउड उद्योगमा लगातार ३५ वर्ष काम गरेपछि आमिर खानले केही समयका लागि अभिनेताका रूपमा ब्रेक लिने निर्णय गरेका छन् । आमिर आफ्नो फिल्मी करियर छोडेर परिवारसँग केही समय बिताउन चाहन्छन् ।
आमिर खानले लाल सिंह चड्ढा पछि च्याम्पियन्स फिल्मको काम सुरु गर्न लागेका थिए । तर उनले अहिले यो भूमिका अस्वीकार गरेका छन् । आमिरले यो फिल्म निर्माण भने गर्ने छन् । लाल सिंह चड्ढाको फिल्म नराम्ररी फ्लप भएपछि आमिरले यो निर्णय लिएको विश्वास गरिएको छ ।
वास्तवमा केही दिन अघि आमिर खान आफ्नो बाल्यकालको साथीले आयोजना गरेको एउटा च्याट शोमा दिल्ली पुगेका थिए । कार्यक्रममा आमिरले आफ्नो करियर र फिल्मका बारेमा खुलेर कुरा गरे । च्याट शोमा आमिरले अब अभिनयबाट ब्रेक लिने योजनामा रहेको खुलाए ।
ब्रेकको घोषणा गर्दै आमिरले भने, ‘जब म कलाकारको रूपमा कुनै पनि फिल्म गर्छु, म त्यसैमा हराउँछु । त्यो बेला मेरो जीवनमा अरू केही हुँदैन। म लालसिंह चड्डापछि च्याम्पियन्समा काम सुरु गर्न लागेको थिएँ । फिल्मको स्क्रिप्ट गजबको थियो, कथा पनि मन पर्‍यो । तर त्यसपछि मलाई मेरो परिवार, आमा र छोराछोरीसँग समय बिताउनको लागि ब्रेक चाहिन्छ भन्ने महसुस भयो।’
कुराकानीका क्रममा आमिरले भने, ’मलाई लाग्छ कि म ३५ वर्षदेखि लगातार आफ्नो काममा केन्द्रित छु । मलाई यो मेरो नजिकका व्यक्तिहरूमाथि अन्याय भएको महसुस हुन्छ। त्यसैले लाग्छ कि मैले आफ्ना प्रियजनहरूसँग केही समय बिताउनु पर्छ ताकि मैले जीवनलाई फरक तरिकाले अनुभव गर्न सकूँ। अब एकदेखि डेढ वर्षसम्म अभिनेताका रूपमा काम गर्दिनँ ।’
च्याम्पियन्स फिल्मको बारेमा कुरा गर्दै आमिरले भने, ‘म अब निर्माताको रुपमा च्याम्पियन्सको हिस्सा हुनेछु । अब म आफ्नो फिल्ममा काम गर्न कलाकारसँग सम्पर्क गर्नेछु । आशा छ म यो काम राम्रोसँग गर्न सक्छु। अब म मेरो जीवनको यस्तो चरणमा छु जब मैले सम्बन्धको आनन्द लिनुपर्छ। मलाई लाग्छ म अहिले जीवनबाट यही चाहन्छु।’
दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण