पर्वतमा जिप दुर्घटना, चालकको मृत्यु, ११ जना घाइते
पर्वतको जलजला गाउँपालिका–३ माइनडाँडामा आज साँझ जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । वारीबेनीदेखि मल्लाज जाँदै गरेको ग१ज ५२९६ नम्बरको जिप दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई पोखरा रिफर गरिएको र आठ जनाको म्याग्दीको बेनी अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा परी जिपका चालक पर्वतको जलजला गाउँपालिका–२ का ३७ वर्षीय डम्मरबहादुर नेपालीको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक प्रकाश राउतले जानकारी दिए । गम्भीर घाइते भएका उमेर नखुलेकी सिर्जना परियार, वर्ष १५ का आशिष नेपाली र वर्ष ३० का सुमन नेपालीलाई पोखरा पठाइएको छ ।
घाइते सबैको बेनी अस्पतालमा उपचार भइरहेको छ । जिपमा सवार सबैजना जलजला गाउँपालिका–२ का बासिन्दा हुन् । जिप उकालो सडकबाट करिब एक सय ५० मिटर तल पाखोमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राउतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण