ओमानविरुद्ध जर्मनीको संघर्षपूर्ण जित
बिहीबार, ०१ मङ्सिर २०७९, ०८ : ५६
कतार विश्वकप अघि मैत्रीपूर्ण खेलमा जर्मनीले ओमानलाई १–० अन्तरले पराजित गरेको छ । बुधबार राति भएको खेलमा ८० औं मिनेटमा विंगर निक्लास फुलक्रगले निर्णायक गोल गरेका थिए ।
जर्मनीले एसियन राष्ट्रविरुद्ध जित निकाल्न निकै संघर्ष गर्नु परेको थियो । खेलमा बढि बल पकड बनाएपछि जर्मनी फिनिसिङमा चुकेको थियो । विश्वकपको समूह इ मा रहेको जर्मनीले २३ नोभेम्बरमा जापानसँग खेल्दै विश्वकप सुरुआत गर्नेछ । समूहमा कोस्टा रिका, स्पेन समेत छन् ।
राति नै भएका अन्य मैत्रीपूर्ण खेलमा पोल्यान्डले चिलीलाई १–० अन्तरले, क्रोयसियाले साउदी अरेबियालाई १–० र स्विडेनले मेक्सिकोलाई २–१ अन्तरले पराजित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन ठगीबाट कसरी जोगिने ?
-
मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र अर्थतन्त्रले गति लिन्छ : राजेन्द्र मल्ल
-
बागमती प्रदेश सरकारद्वारा ७ जना विपन्न विद्यार्थीलाई प्राविधिक उच्च शिक्षा छात्रवृत्ति वितरण
-
प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध
-
असार २५ र २६ गते विभागले राहदानी वितरण सुचारु राख्ने
-
लुम्बिनीलाई ‘स्टे–डेस्टिनेसन’ बनाऊ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण