यूएईविरुद्ध नेपालको निर्णायक खेल आज
नेपालले तेस्रो तथा अन्तिम एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा आज शुक्रबार पाहुना टोली यूएईसँग प्रतिस्पर्धा गर्दैछ । घरेलु टोली नेपालले निर्णायक सिरिजमा यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र यूएईबीचको खेल बिहान ९ बजे सुरु हुनेछ । आजको खेल सिरिजको निर्णायक खेल हो । दुई टोलीबीचको सिरिज १–१ को बराबरीमा रहेको छ ।
सिरिजको पहिलो खेलमा यूएई ८४ रनले विजयी भएको थियो । नेपालले दोस्रो खेलमा यूएईलाई तीन विकेटले हराएको छ । आजको खेलमा जित निकाल्दै घरेलु टोली नेपाल सिरिज आफ्नो बनाउने योजनामा छ । आजको सिरिज जितेमा नेपालले घरेलु भूमिमा पहिलो पटक दुई देशीय सिरिज जित्ने छ ।
पपुवा न्यू गिनीसँग नेपालले यसै वर्ष पहिलो एकदिवसीय सिरिज घरेलु भूमिमा खेलेको थियो । दुई खेलको उक्त सिरिज नेपालले २–० ले हारेको थियो ।
नेपाल र यूएईबीचको हालसम्म ८ एकदिवसीय खेल भएका छन् । जसमा नेपालले ३ खेल जितेको छ भने यूएईले ५ खेल जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो पटक उद्यमी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री शाह
-
विभिन्न जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम
-
दार्चुलामा राज्यले गर्नुपर्ने काम धेरै छन् : सांसद ठगुन्ना
-
गभर्नर पौडेलको नयाँ अभ्यास : बजेटलाई सघाउने मौद्रिक नीतिको पूर्वगभर्नर नेपालद्वारा बचाउ
-
४४ निर्माण कम्पनीको लाइसेन्स खारेज (सूचीसहित)
-
धान फल्ने खेत मासेर अलैँचीखेती गर्दै माङसेबुङका किसान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण