बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

पहिलो पटक उद्यमी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री शाह

बुधबार, २४ असार २०८३, १० : १६
बुधबार, २४ असार २०८३

सारांश

  • प्रधानमन्त्री बालेन्द्र शाहले पहिलो पटक निजी क्षेत्रका उद्योगी–व्यवसायीसँग उनीहरूका समस्याबारे छलफल गर्ने भएका छन् ।
  • प्रधानमन्त्री शाहले आज बिहान ११ बजे सिंहदरबारमा चेम्बर अफ कमर्स, नेपाल उद्योग वाणिज्य महासंघ लगायतका प्रतिनिधिहरूलाई बोलाएका हुन् ।
  • यसअघि गत चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका शाहले व्यवसायीहरूलाई भेट्न समय उपलब्ध गराएका थिएनन् ।

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री नियुक्त भएपछी पहिलो पटक निजी क्षेत्रका प्रतिनिधिहरुका समस्या सुन्ने भएका छन् । आज बुधबार प्रधानमन्त्रीले निजी क्षेत्रका उद्योगी–व्यवसायीसँग छलफल गर्दै उनीहरूका कुरा सुन्न लागेका हुन् । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार उद्यमी व्यवसायीसँग छलफल गर्न प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उनीहरूलाई बोलाएका छन् । 

बिहान ११ बजे उद्यमी व्यवसायीसँग प्रधानमन्त्रीले छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्रीले चेम्बर अफ कमर्स, नेपाल उद्योग वाणिज्य महासंघ लगायतका प्रतिनिधिहरूलाई बोलाएका हुन् । गत चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका शाहलाई यसअघि नै भेट्न खोजेपनि उनले समय उपलब्ध गराएका थिएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप