बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

विवाह अघि इन्टिमेट हुनु कति सही ? पत्रकारको प्रश्नमा अर्जुनले भने, ‘जीवन हो, भिडियो गेम होइन’

शुक्रबार, ०२ मङ्सिर २०७९, १२ : ५६
शुक्रबार, ०२ मङ्सिर २०७९

बलिउड अभिनेता अर्जुन कपुर एमटीभीको वेब सिरिज ‘निषेध टु’ को प्रोमोसनमा व्यस्त छन् । हालै एक कार्यक्रममा अर्जुन कपुरले मिडियासँग साक्षात्कार गरेका छन् । यतिबेला उनले गर्भपतन, क्षयरोग, यौनजन्य रोगसमेत विभिन्न कुरामा खुलेर कुरा गरे । यसैबीच एक पत्रकारले उनलाई विवाह अघि यौन सम्बन्ध र धेरै पार्टनरसँगको सम्बन्ध कति सही भनेर प्रश्न सोधेका छन् ।

अलि भिन्न थियो पत्रकारको प्रश्न

पत्रकारले सोधे, ‘हाम्रो देशको पहिचान हाम्रो देशको बलियो संस्कृति हो जहाँ विवाह अघि कसैले यौन सम्बन्ध स्थापित गर्दैन । विवाह अघि वा पछि, मल्टिपल पार्टनर्स हुन् वा सेक्सको विषयमा के तपाईंको खुल्ला विचार छ ? भारतको पहिचान हो – वान वुमन, वान म्यान । हामी एक पटक बाँच्छौँ, एक पटक नै मर्छौँ र विवाह पनि एकपटक मात्रै गर्छौँ । यसबारे तपाईंको सोच के हो ? के विवाह अघि यौन सम्बन्ध राख्नु ठिक हो । एकभन्दा बढी पार्टनर राख्नु सही हो ?’

अर्जुन कपुरले विवाह अघिको यौन सम्बन्धबारे आफ्नो धारणा राख्दै भने, ‘यो परिचय कसले बनायो ?’ पत्रकारले जवाफ दिन्छन् – शाहखरु खानले । अर्जुनले यसबारे भने, ‘शाहरु खान भारतको परिचय होइनन् ।’ यसका साथै उनी हल्का मुस्कुराउँछन् । त्यसपछि पत्रकारले भने, ‘शाहरुख खान नै भारतको यो परिचयलाई प्रोमोट गर्छन् । ’ अर्जुनले यो कुरा मान्नै चाहेनन् र भने, ‘शाहरुख खानले यस्तो केही पनि गर्दैनन् ।’

अर्जुनले दिए जवाफ

अर्जुनले पत्रकारको प्रश्नलाई सही तरिकाले जवाफ दिँदै भने, ‘एक व्यक्तिको जीवनमा धेरै नै उतार–चढाव आउँछ । तपाईंको भेट धेरै मान्छेसँग हुन्छ । थुप्रै सम्बन्धलाई बुझ्नुहुन्छ । जब तपाईं विवाह गर्ने मुडमा पुग्नुहुन्छ, यो ती व्यक्तिका लागि निकै ठूलो कुरा हुन्छ । विवाह गर्नुभन्दा पनि ठूलो कुरा हो कसैसँग सम्बन्धमा रहनु । विवाहसम्म पुग्नका लागि पनि त थुप्रै चरण पार गर्नुपर्छ । त्यसपछि तपाईंले ती व्यक्तिलाई भेटेर यहि व्यक्तिसँग विवाह गर्ने कि नगर्ने भनेर निश्चित गर्नुहुन्छ ।’

यी व्यक्ति तपाईंका लागि सही छन् कि छैनन् भनेर कसरी थाहा हुन्छ ? १८–२० वर्षको उमेरमा तपाईंलाई प्रेमबारे के थाहा हुन्छ । कतिपटक तपाईंलाई लाग्ला कि यही साँचो प्रेम हो तर पछि तपाईंलाई आफ्नो करियरमा ध्यान दिनुपर्छ भन्ने महसुस हुन्छ । तपाईं सायद यो सम्बन्धलाई अघि बढाउन सक्नुहुन्नँ किनभने समयसँगै सायद यसले काम पनि गर्दैनन् । तपाईंले मलाई मल्टीपल पार्टनर्सबारे सोधिरहनुभएको छ । अरे यो जीवन हो कुनै भिडियो गेम होइन त्यसैले मलाई लाग्छ कि तपाईंले आफ्नो प्रश्न फेर्नुपर्छ किनभने यसको जवाफ निकै लोजिकल छ ।’

कामको कुरा गर्ने हो भने अर्जुन कपुर फिल्म ‘कुत्ते’ मा देखिनेछन् । यो फिल्मको निर्देशन आसमान भारद्वाजले गर्नेछन् । यसबाहेक अर्जुन कपुर ‘द लेडी किलर’ र ‘मेरी पत्नी’ को रिमेकमा पनि देखिनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप