पार्टी निर्णयविरूद्ध लागेको भन्दै सल्यान कांग्रेसका सचिवसहित २२ जना नेतालाई कारबाही
शनिबार, ०३ मङ्सिर २०७९, १६ : ०५
नेपाली कांग्रेस सल्यानले पार्टीको निर्णय विपरित लागेको भन्दै जिल्लाका २२ जना नेताहरूलाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा जिल्ला सदस्यदेखि, क्षेत्रीय प्रतिनिधि, उपसभापति र वडा सदस्य सम्म रहेका छन् ।
कांग्रेसको नीति, पद्धति र विधान विपरीत कार्य गरेको भन्दै ५ वर्ष सम्मका लागि साधारण सदस्य समेत नरहने गरि कारबाही गरेको जिल्ला सभापति केशबहादुर विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कारबाही पर्ने नेताहरूमा पार्टीका जिल्ला सचिव एकराज बुढाथोकी पनि रहेका छन् । यस्तै जिल्ला समन्वय समितिका प्रमुख समेत रहेका बेलाराम रावत, प्रदेश कमिटी सदस्य कालीप्रसाद भण्डारी पनि कारबाहीमा परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा घुम्ती व्यापार गर्न नपाइने
-
प्रदेश सभाबिनाको सङ्घीयता कल्पना गर्न सकिँदैन : पूर्वमुख्यमन्त्री शाही
-
लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो
-
प्रदेश सभा खारेज गर्दैमा सङ्घीयता खारेज भयो भन्न मिल्दैन
-
खामेनीको अन्त्येष्टिका लागि तेहरानमा विशाल जुलुस
-
देउरालीमा बादलसँग लुकामारी, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण