दैलेखको चामुण्डा बिन्द्रासैनी–५ को मतकेन्द्रमा अझै सुरु भएन मतदान
आइतबार, ०४ मङ्सिर २०७९, ०८ : २३
दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नम्बर ५ स्थित जनता मावि बस्ताकोट मतदानस्थलमा अझै मतदान सुरु हुन सकेको छैन । मतदानस्थलमा शंकास्पद वस्तु फेला परेपछि मतदान हुन नसकेको हो ।
बिहान ७ बजेदेखि मतदान सुरु हुने कार्यक्रम रहे पनि शंकास्पद वस्तु भेटिएपछि रोकिएको हो । स्थानीय प्रशासनका अनुसार बम डिस्पोजल सेनाको टोली मतदान केन्द्रमा पुगिसकेको छ ।
सेनाले उक्त वस्तु पहिचान गरेर मतदान केन्द्रलाई सुरक्षित तुल्याएपछि मतदान सुरु हुने निर्वाचन कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा घुम्ती व्यापार गर्न नपाइने
-
प्रदेश सभाबिनाको सङ्घीयता कल्पना गर्न सकिँदैन : पूर्वमुख्यमन्त्री शाही
-
लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो
-
प्रदेश सभा खारेज गर्दैमा सङ्घीयता खारेज भयो भन्न मिल्दैन
-
खामेनीको अन्त्येष्टिका लागि तेहरानमा विशाल जुलुस
-
देउरालीमा बादलसँग लुकामारी, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण