यो निर्वाचनले उम्मेदवार र मतदाता दुवैको परीक्षण हुन्छ : रेग्मी
आइतबार, ०४ मङ्सिर २०७९, १२ : २२
मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले मतदान गरेका छन् । आइतबार काठमाडौँ महानगरपालिका वडा नम्बर १० मध्यबानेश्वरस्थित सानो गौचरन हाइटमा रहेको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।
मतदान पश्चात पूर्व अध्यक्ष रेग्मीले सञ्चारकर्मीसँगको कुराकानीमा उनले निर्वाचनले आम नागरिकलाई राम्रा मान्छे छान्ने अवसर दिएको बताए । उनले अहिले नै राम्रो प्रतिनिधि चयन गरिनुपर्ने भन्दै पछि पछुताउनुको अर्थ नहुने बताए । उनले यो निर्वाचन उम्मेदवार र मतदाता दुवैको परीक्षण पनि भएको बताए ।
‘यस निर्वाचनले आम नागरिकलाई हाम्रा मान्छे होइन राम्रा मान्छे छान्ने र चुन्ने अवसर दिएकाले मतदान गरेपछि पछुताउनुको कुनै अर्थ हुँदैन । अबको निर्वाचन उम्मेदवार र मतदाता दुवैको परीक्षण पनि हो’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण