बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

यो निर्वाचनले उम्मेदवार र मतदाता दुवैको परीक्षण हुन्छ : रेग्मी

आइतबार, ०४ मङ्सिर २०७९, १२ : २२
आइतबार, ०४ मङ्सिर २०७९

मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले मतदान गरेका छन् । आइतबार काठमाडौँ महानगरपालिका वडा नम्बर १० मध्यबानेश्वरस्थित सानो गौचरन हाइटमा रहेको मतदान केन्द्रबाट उनले  मतदान गरेका हुन् । 

मतदान पश्चात पूर्व अध्यक्ष रेग्मीले सञ्चारकर्मीसँगको कुराकानीमा उनले निर्वाचनले आम नागरिकलाई राम्रा मान्छे छान्ने अवसर दिएको बताए । उनले अहिले नै राम्रो प्रतिनिधि चयन गरिनुपर्ने भन्दै पछि पछुताउनुको अर्थ नहुने बताए । उनले यो निर्वाचन उम्मेदवार र मतदाता दुवैको परीक्षण पनि भएको बताए । 

‘यस निर्वाचनले आम नागरिकलाई हाम्रा मान्छे होइन राम्रा मान्छे छान्ने र चुन्ने अवसर दिएकाले मतदान गरेपछि पछुताउनुको कुनै अर्थ हुँदैन । अबको निर्वाचन उम्मेदवार र मतदाता दुवैको परीक्षण पनि हो’, उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप