शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बालबिवाहको घटना रोक्न तत्परता देखाइने

शुक्रबार, १४ पुस २०७४, १० : २९
शुक्रबार, १४ पुस २०७४

कपिलवस्तु । नेपाल सरकारले अख्तियार गरेको बालबिवाह अन्त्यका लागी राष्ट्रिय रणनितीक योजना २०७२ कार्यान्वयनका लागी बालबिवाहको घटना रोक्ने कार्यमा तत्परता देखाउने सरोकारवालाले बताएका छन् ।

लैङ्गिक हिंसाका घटना न्युनिकरण तथा सरोकारवालाको जवाफदेहिता अभिबृद्धिका लागी जिल्लाको कपिलवस्तु नगरपालिका १२ सौराहामा बिहिवार आयोजित नागरिक प्रहरी अन्तरक्रियाका सहभागीले सो प्रतिबद्धता जनाएका हुन् । साथी कपिलवस्तु आस्था परियोजना र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको संयुक्त आयोजना र सेलर्डको समन्वयमा नागरिक प्रहरी अन्तरक्रिया सम्पन्न गरिएको हो ।

कार्यक्रमका सहभागीले वडालाई बालबिवाह मुक्त बनाउने अभियानलाई प्रभावकारी बनाउन दाईजो लिने दिने कार्यमा कडाई गर्नु पर्ने, हिंसाका घटनाका पिडकलाई कारवाहीमा कडाई गर्नु पर्ने, अव्यवस्थित मदिरा बिक्री बितरण कार्यलाई कानुनी दायरामा ल्याउनु पर्ने, मदिरा सेवन गरि होहल्ला गर्ने र हिंसा गर्नेलाई कडा कारवाही गर्नु पर्ने माग राखेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंहले वडा र परियोजनाको पहलमा गर्न थालिएको बालबिवाह मुक्त वडा घोषणा कार्यक्रम प्रशंसनिय रहेको बताए । स्थानियस्तरमा बालबिवाहले किशोरीको स्वास्थ्यमा पर्ने समस्या र कानुनी करावहीको बिषयमा सचेत गराउनु पर्नेमा प्रमुख सिंहले जोड दिए 

उनले नगरपालिकाले महिला शसक्तिकरणको कार्यक्रम अन्र्तगत किशोरीको लागी सिप बिकासको कार्यक्रमलाई प्राथमिकतामा राखेको बताए । कार्यक्रममा बोल्दै प्रहरी निरिक्षक ओम प्रकाश चौधरीले बालबिवाह गर्ने गराउने र हिंसा गर्ने बिरुद्ध कडा कारवाही गरिने बताए ।

कानुनले तोकेको उमेर भन्दा कम उमेरमा बिवाह गराउने कार्य दण्डनिय हुने बताउदै त्यस्ता सुचना प्रहरी दिन आग्रह गर्दै प्रहरी कारवाहीको लागी तत्पर रहेको बताए । मदिरा सेवनले हुने हिंसा न्युनिकराण्का लागी नागरिकस्तरबाट पहल गरिए प्रहरी सहयोगका लागी तयार रहेको उनले बताए । प्रहरीले दिने सेवा सुबिधालाई बिचौलिया मुक्त बनाएर अघि बढने प्रतिबद्धता व्यक्त गर्दै नागरिक र प्रहरीको सहकार्यले मात्र समाजमा शान्ति सुरक्षा कायम हुन सक्ने उनले बताए ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष ओमप्रकाश पाण्डेयले छोरीलाई शिक्षा दिने बातावरण बनाएर बालबिवाह न्युनिकरण गर्न सकिने धारणा राखेका थिए । समाजमा सकारात्मक परिर्वतनमा समस्या देखिएने गरेको बताउँदै बालबिवाह मुक्त अभियानले समाजमा सुधार ल्याउने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चुरामणि अर्याल
चुरामणि अर्याल
लेखकबाट थप