सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्लेयर टू वाच : मेम्फिस डिपाय, नेदरल्याण्ड

सोमबार, ०५ मङ्सिर २०७९, १९ : ५७
सोमबार, ०५ मङ्सिर २०७९

पोजिसन : फवार्ड
उमेरः २८

अन्तर्राष्ट्रिय फुटबलमा पछिल्ला २० खेलमा सर्वाधिक गोल गर्ने खेलाडीको रुपमा रहेका मेम्फिस डिपायले २१ गोल गरेका छन् । इजिप्टका मोहम्द सलाहले ६, करिम बेन्जेमा र किलियान एमबाप्पेले १२/१२, रोबर्ट लेवान्डोस्की र लियोनेल मेस्सीले १५/१५, ह्यारी केन १६ र अर्लिङ हालान्डले २० गोल गर्दा डिपायले २१ गोल गरेका हुन् ।

नेदरल्यान्ड्सका मुख्य प्रशिक्षक लुइस भान गालले डिपायको पछिल्लो समयको प्रदर्शनले उनलाई रोक्न अन्य टोलीका खेलाडीहरुलाई सहज नहुने बताएका छन् । त्यस्तै जर्जिनियो विजनाल्डमले फिफालाई भनेका थिए, ‘मेम्फिसका कारण टोलीले यति राम्रो गरिरहेको छ, उनी अहिले टिमका लागि मुख्य स्ट्राइकर हुन् ।’

डिपायले सन् २०१४ को विश्वकपबाट डेब्यू गरेका थिए । उनले अष्ट्रेलियाविरुद्धको खेलमा गोल गर्दै विश्वकपमा गोल गर्ने सबैभन्दा कान्छो डच खेलाडी बनेका थिए ।

उनले नेदरल्याण्डका लागि ८१ खेलमा ४२ गोल गरिसकेका छन् । हाल बार्सिलोनासँग आबद्ध रहेका उनले टोलीका लागि ३० खेलमा १४ गोल गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप