प्रदेशसभातर्फ मधेस प्रदेशमा कांग्रेस र एमालेको टक्कर, मधेशवादी दल पछि परे
मङ्गलबार, ०६ मङ्सिर २०७९, ११ : १३

प्रदेशसभा निर्वाचन अन्तर्गत मधेस प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीच नै मुख्य प्रतिस्पर्धा देखिएको छ ।
प्रत्यक्षतर्फ मधेस प्रदेशसभाका ६४ सिटमध्ये ४३ सिटमा मतगणना भइरहेको छ । मतगणनाको प्रारम्भिक नतिजा अनुसार ८ सिटमा कांग्रेस र ८ सिटमा एमालेले अग्रता लिएको छ ।
यस्तै, नेकपा माओवादी केन्द्रले ६ सिटमा अग्रता लिएको छ । जसपा नेपालले जम्मा ४ सिटमा अग्रता लिएको छ भने जनमत पार्टीले पनि ४ सिटमा अग्रता लिएको छ ।
यसैगरी नेकपा एकीकृत समाजवादीले तीन सिटमा, लोसपाले २ सिटमा अग्रता लिएको छ । सात क्षेत्रमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा सबैभन्दा बढी नयाँ कुष्ठरोगका बिरामीहरु मधेस प्रदेशमा
-
नेसपाद्वारा काश्मीरमाथि भारतले चलाएको ‘अपरेसन सिन्दूर’ को समर्थन
-
प्रतिनिधिसभामा तीन सांसदले उठाए भारत–पाकिस्तान तनावको विषय
-
वर्षायाममा विच्छेद हुँदै छ काठमाडौँसँगको सम्पर्क
-
कर्णाली जाने डीआईजी भेटिएनन्, बढुवामा अलमल
-
महाभारतमा यी पात्रको भूमिका निभाउन चाहन्छन् आमिर खान