आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अर्घाखाँचीको प्रदेश सभा १ मा एमालेका आचार्य विजयी

बुधबार, ०७ मङ्सिर २०७९, १२ : ५८
बुधबार, ०७ मङ्सिर २०७९

अर्घाखाँचीको प्रदेश सभा १ मा नेकपा एमालेका उम्मेदवार चेतनारायण आचार्य विजयी भएका छन् । 

आचार्यले पाँच दलीय गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार सागर केसीलाई पराजित गरेका हुन् । आचार्यले २० हजार  ५१८ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी केसीले १९ हजार ७७८ मत प्राप्त गरेका थिए । ७ सय ४० मतान्तरले आचार्यले निर्वाचन जितेका छन् ।

 वि.सं. २०७४ सालको निर्वाचनमा पनि आचार्यले यही क्षेत्रबाट निर्वाचन जितेका थिए । उनी लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री पनि भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप