समानुपातिकमा एमालेले पायो ५ लाख बढी मत, अन्य दलको कति ?
बिहीबार, ०८ मङ्सिर २०७९, १० : ५३
समानुपातिक निर्वाचनको मतगणनामा नेकपा एमालेले ५ लाख मत पार गरेको छ । पछिल्लो मत परिणाम अनुसार एमालेको मत ५ लाख ९ हजार ९८६ मत ल्याएको हो ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ४ लाख ७१ हजार ३९८ मत ल्याएको छ । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीको २ लाख ६१ हजार ५२० मत रहेको छ भने नेकपा माओवादी केन्द्रको २ लाख ३१ हजार ८८ मत रहेको छ ।
राष्ट्रिय पार्टी बन्ने दौडमा रहेको राप्रपाको १ लाख ३६ हजार ७२८ मत रहेको छ भने जसपा नेपालको ५७ हजार २७१ रहेको छ । नेपाल मजदुर किसान पार्टीले ४७ हजार ४५२ मत तथा नागरिक उन्मुक्ति पार्टीको ३३ हजार ६३८ मत रहेको छ ।
जनमुक्ति पार्टीको ३३ हजार १० मत रहँदा नेकपा (एकीकृत समाजवादी)को ३२ हजार ७७९ मत रहेको छ । अन्य दलले १ लाख ११ हजार ४५० मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण