ललितपुर–३ मा हार्नेहरू पम्फा र अमृतबाहेक सबैको जमानत जफत
ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभातर्फ पराजित उम्मेदवारमध्ये माओवादी केन्द्रकी पम्फा भुसाल र एमालेका अमृत खड्काबाहेक अरु सबैको जमानत जफत भएको छ । अमृत र पम्फाले जमानत जोगाउन सकेपनि अरु सबैले १० प्रतिशत मत पनि कटाउन नसकेका हुन् ।
सो निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्कीले भारी मतका साथ विजय हासिल गरेकी थिइन् । उनलाई ३१ हजार १३६ मत प्राप्त हुँदा अमृतलाई १२ हजार ९६३ र तेस्रो भएकी पम्फालाई ८ हजार ७६९ मत प्राप्त भयो ।
तर राप्रपासहितका उम्मेदवारको भने जमानत जफत भएको हो । राप्रपाका निरञ्जन थापाले २१३० मत पाए भने हाम्रो नेपाली पार्टीका राजाराम तण्डुकारले १५५४, नेमकिपाका निरज लवजूले ५०३, राप्रपा नेपालका राजेन्द्र प्रसाद ओझाले ९१, आमूल परिवर्तन पार्टीका सपना महर्जनले ८१, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विष्णु कुमार लिम्बुले ७०, नेपाल आमा पार्टीका कविता राईले ५४, मौलिक जरोकिलो पार्टीका धीरेन्द्र सोडारीले ४३, लोसपाका किरण शाहीले ३९, नेश्नलिस्ट पिपल्स पार्टीका चिरञ्जिवी सापकोटाले २७ मत पाए ।
यसैगरी स्वतन्त्र उम्मेदवारहरु जेसन देज वैद्यले ३६०, कृष्णभक्त ब्रह्मचार्यले १४४, राधेश्याम खड्काले ६३, चिरन थापाले ४६, विष्णु महर्जनले ३४, रघुनाथ केसीले २९ र सञ्जय महर्जनले जम्मा ९ मत पाएर जमानत जफत भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण