एकीकृत समाजवादी पार्टीले जित्यो प्रतिनिधिसभामा १० सिट
शुक्रबार, ०९ मङ्सिर २०७९, १० : १४

माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले प्रतिनिधिसभामा १० सिट जितेको छ ।
जारी मतगणनामा एकीकृत समाजवादीले सत्ता गठबन्धनबाट १९ सिट भाग पाएकामा १० सिटमा जित दर्ता गराएको छ । अब कतैपनि समाजवादीको अग्रता छैन । जारी मतगणनामा इलाम १ मा झलनाथ खनाल एमालेका उम्मेदवार भन्दा पछिपछि रहेका छन् ।
एकीकृत समाजवादीबाट अध्यक्ष माधव कुमार नेपाल रौतहट १ बाट विजयी भएका छन् । यस्तै उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डे धादिङ १, नेताहरु प्रकाश ज्वाला सल्यान, भानुभक्त जोशी बझाङ, प्रेम बहादुर आले डोटी, मेटमणि चौधरी दाङ १, कृष्ण कुमार श्रेष्ठ (किसन) बारा ४, शेर बहादुर कुँवर अछाम १ अम्मर बहादुर थापा दैलेख १ र धन बहादुर बुढा डोल्पाबाट विजयी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा विकास मार्गचित्र कार्यान्वयन, ह्विलिङ चार्ज निर्धारण गर्ने घोषणा
-
एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुल्यो
-
सरकारको नीति तथा कार्यक्रम : प्रधानमन्त्री कार्यालयलाई एक्सीलेन्सका रूपमा विकास गरिने
-
एनआरएनएको एकता महाधिवेशनका लागि परराष्ट्रमन्त्रीलाई निम्तापत्र हस्तान्तरण
-
महिमानसिंह विष्टलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
-
जयकुमारनाथ शाह मेमोरियल अन्तरविद्यालय क्रिकेटमा २१ टोली