एकीकृत समाजवादी पार्टीले जित्यो प्रतिनिधिसभामा १० सिट
शुक्रबार, ०९ मङ्सिर २०७९, १० : १४
माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले प्रतिनिधिसभामा १० सिट जितेको छ ।
जारी मतगणनामा एकीकृत समाजवादीले सत्ता गठबन्धनबाट १९ सिट भाग पाएकामा १० सिटमा जित दर्ता गराएको छ । अब कतैपनि समाजवादीको अग्रता छैन । जारी मतगणनामा इलाम १ मा झलनाथ खनाल एमालेका उम्मेदवार भन्दा पछिपछि रहेका छन् ।
एकीकृत समाजवादीबाट अध्यक्ष माधव कुमार नेपाल रौतहट १ बाट विजयी भएका छन् । यस्तै उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डे धादिङ १, नेताहरु प्रकाश ज्वाला सल्यान, भानुभक्त जोशी बझाङ, प्रेम बहादुर आले डोटी, मेटमणि चौधरी दाङ १, कृष्ण कुमार श्रेष्ठ (किसन) बारा ४, शेर बहादुर कुँवर अछाम १ अम्मर बहादुर थापा दैलेख १ र धन बहादुर बुढा डोल्पाबाट विजयी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण