हालसम्म पाएको मत आधारमा समानुपातिकमा एमालेको ३४ सिट, जसपाको ४, अरुको कति ?
गत मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको मतगणना कार्य जारी रहेको छ । हालसम्म प्रत्यक्ष तर्फ १६५ निर्वाचन क्षेत्र अन्तर्गत १२० क्षेत्रको मतगणनाको परिणाम आइसकेको छ भने समानुपातिक तर्फको मतगणना कार्यपनि जारी रहेको छ ।
हालसम्म समानुपातिकतर्फ कूल ३९ लाख ५४ हजार ७७२ मत गणना भएको छ जसमध्ये सर्वाधिक १० लाख ५५ हजार ७५० मत पाएर एमाले पहिलो स्थानमा रहेको छ । दोश्रो स्थानमा रहेको कांग्रेसले १० लाख १० हजार ७७१ मत पाएको छ भने तेश्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ४ लाख ९६ हजार ५३५ मत पाएको छ ।
चौथो स्थानमा रहेको माओवादी केन्द्रले ४ लाख ६६ हजार २२९ मत पाएको छ । पाँचौ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ६७ हजार ०६४ मत पाएको छ भने छैटो स्थानमा रहेको जसपा नेपालले १ लाख ३१ हजार २२५ मत पाएको छ ।
अहिलेसम्मको गणनाका आधारमा यी दलहरूले मात्र ३ प्रतिशत थ्रेस होल्ड कटाएका छन् । माथि उल्लेख गरिएको मतका आधारमा समानुपातिक तर्फको ११० सिट बाँडफाँट गर्दा एमालेले सबैभन्दा धेरै र सबैभन्दा कम जसपा नेपालले पाउने देखिन्छ ।
एमालेले समानुपातिकबाट ३४ सिट पाउने देखिन्छ भने दोस्रो स्थानमा रहेको कांग्रेसले ३२ सिट पाउने देखिन्छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले १६ सिट, माओवादी केन्द्रले १५ सिट, राप्रपाले ८ देखि ९ सिट र जसपा नेपालले ४ सिट पाउने देखिन्छ ।
समानुपातिक तर्फको मतगणना कार्य जारी रहेकोले माथि विभाजन गरिएको सिट संख्यामा सामान्य हेरफेर हुन सक्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकालाई पार्टी सदस्य बनाएको विषयमा रास्वपाले दियो प्रष्टीकरण
-
बेल्जियमको अनुभव कि सेनेगलको गति : कसले काट्ला अन्तिम १६ को टिकट ?
-
शङ्कास्पद गतिविधि गरेको आरोपमा २७ जना चिनियाँ नागरिक पक्राउ
-
बागमती प्रदेशसभामा २ विधेयक टेबुल
-
निर्वाचन प्रहरीको पोसाक खरिदबारे अनुसन्धान गर्न अख्तियारलाई प्रधानमन्त्री सचिवालयको दबाब
-
बागमतीका समस्याग्रस्त ५ सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण