कास्कीको प्रतिनिधिसभातर्फ तीन वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार विजयी
प्रतिनिधि सभा तर्फ कास्कीबाट ३ वटै क्षेत्र एमाले उम्मेदवार विजयी भएका छन् । क्षेत्र नम्बर १ मा मन बहादुर गुरुङ विजयी भएका हुन् । उनले नेपाली कांग्रेसका किशोरदत्त बराललाई पराजित गरे । गुरुङले २५ हजार ७ सय ८ मत ल्याउँदा बराल २३ हजार १ सय ८९ मतमा ल्याएका हुन् ।
१ (क) र (ख)मा पनि एमाले उम्मेदवार विजयी भएका छन् । (क) मा एमालेका खगराज अधिकारी विजयी भए भने (ख) मा एमालेका वेदबहादुर गुरुङ ‘श्याम’ विजयी भए ।
यस्तै, कास्की क्षेत्र नम्बर २ मा एमालेकी विद्या भट्टराई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइन् । प्रदेश तर्फ भने एमाले कांग्रेसले एक÷एक सिट जितेका छन् । २ (क) मा पनि एमालेका भीम कार्की विजयी भए । यस्तै, २(ख) मा नेपाली कांग्रेसका विन्दु थापा विजयी भए ।
कास्की क्षेत्र नम्बर ३ पनि एमालेकै दामोदर बैरागी पौडेल विजयी भएका छन् । गण्डकी प्रदेश सभा तर्फ भने एमाले र कांग्रेसले एक÷एक सिट जितेका छन् । ३ (क) मा एमालेका गणेशमान गुरुङ र ३ (ख) मा कांग्रेसका प्रकाश बराल विजयी भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण